चर्चित हाँस्य कालाकार कमल गाउँले बाजुरा आउने

  मूलधारपोष्ट  235 पटक हेरिएको

चर्चित हाँस्य कालाकार कमल गाउँले बाजुरा आउने भएका छन् । बडीमालिका नगरपालिको आयोजनमा असोज ८ र ९ गतेमा संचालन हुन लागेको प्रथम युवा उद्यमी सम्मेलन प्रथम युवा सम्मेलन कार्यक्रमका लागी चर्चित हाँस्य कलाकार गाउँले बाजुरा आउन लागेका हुन ।

“स्थानीय उत्पादन तत्परता समृद्धीका लागी युवा उद्यमशिलता” भन्ने मुल नाराका साथ बडीमालिका नगरपालिकाको आयोजना र पीसविन बाजुरा, बुलगारी परियोजनाको आर्थिक सहयोगमा उक्त सम्मेलन बाजुरामा पहिलो पटक हुन लागेको हो ।

कार्यक्रमा हास्य कलाकार कमल गाउले, संगै देउडा गायिका सोभा थापा, प्रकाश थापा लगाउतका स्थानीय कलाकारहरुको पनि साँस्कृतिक प्रस्तुति रहने बडीमालिका नगरपालिकाले बताएको छ । २ दिन सम्म संचालन हुने उक्त सम्मेलनमा सहभागी हुने युवा उद्यमीहरुका लागी साँस्कृतिक कार्यक्रम तथा स्टल अवलोकन समेत गराईने भएको आयोजकले जानएको छ । युवाहरुलाई ८ गते प्रशिक्षण् पनि गाराइने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार