आकासे पुलको बाग्रेनिङ

  पत्रपत्रिका खबर  4327 पटक हेरिएको

युवराज भट्टराई-सागर लामिछाने मगरले सम्पूर्ण साप्ताहिकमा लेखेका छन् । सुन्धारा जाने बाटोमा भएका दुई आकाशेपुलमा मानिसको भीड अत्यधिक थियो। त्रिपुरेश्वरपट्टिको पुलमा फुटपाथ पसलेहरू इयरफोन र मोबाइलका ग्लासजस्ता सामान फिँजाएर बसेका थिए। पुलमा पाँचछ जना युवती यताउता गरिरहेका थिए। केहीले सलले मुख छोपेका थिए भने केहीले मास्क लगाएका थिए। एक युवतीले जिन्स पाइन्टमा क्रप टिसर्ट लगाएकी थिइन्। अर्की एक जनाले स्कर्ट र सेतो सर्ट लगाएकी थिइन्। पुलमा ओहोर–दोहोर गरिरहेका उनीहरू पुलमा अडेस लागेर बसेका पुरुषको नजिक जाँदै कुराकानी गरिरहेका थिए।

एक जना पुरुषसँग उनीहरूले के कुरा गरिरहेका छन् भनेर चासो राखियो, ‘यिनीहरू को हुन्रु तपाईंलाई के भनेरु’ अकमकाएर उनले भने, ‘केही होइन। ‘जाने हो’ भनेर सोध्दै थिए।’पुलको छेउमा आड लागेर बसिरहेका ती दुई युवतीसँग ग्राहक बनेर सोधियो– ‘कति हो नि रेटरु’‘१५ सय,’ एउटीले भनिन्। एक रातको रु कति, अनि कहाँ जाने ? हाम्रोमा कि तपाईंकोमा ’एक रातको होइन, एक पटकको १५ सय। जाने भए हाम्रैमा जाने हो।’प्रहरीको डर हुँदैनरु नजिकै हो। यही धरहरा भत्किएको पछाडि। कोठा हो आफ्नै। कसैले केही र्दैन।‘हामीलाई लुट्नुभयो भने नि ? ’त्यस्तो केही हुँदैन। विश्वास भए जाम्। नभए धेरै ल्याङ–ल्याङ नगर्दा हुन्छ।’ त्यसपछि उनीहरू अन्यत्र लागे।

सिमसिम पानी परिरहेको थियो। आकाशेपुलको देब्रेपट्टि सामुखुसीतर्फको मुखमा केही मानिस थिए। उनीहरूलाई केही युवा ‘दाइ होटल हो ? दाइ, गेस्ट हाउस जाने हो ? भन्दै सोधिरहेका थिए। एक जना युवा भने ‘केटी मिलाइदिने’ कुरा गरिरहेका थिए। उनी आकाशेपुलमा उभिएका तीनचार जनाको समूहलाई भनिरहेका थिए, ‘१२ सय मात्र हो। भनेको जस्तो केटी पाइन्छ। त्यहाँ केटीको लाइन हुन्छ। गएर आफूलाई मन परेकी केटी छान्ने हो।’

आकाशेपुलमा मानिसको आवतजावत थियो। केही भने लामो समयसम्म पुलमा यताउता गरिरहेका देखिन्थे। पाँचछ जना छाता ओढेका महिला पनि पुलको एक छेउदेखि अर्को छेउसम्म हिँडिरहेका थिए। कसैले मास्क लगाएका थिए भने कसैले सलले मुख छोपेका थिए। पुलमा यताउति गरिरहेका मानिसहरूसँग उनीहरू कुम ठोक्याउँदै हिँडिरहेका थिए। त्यत्तिकैमा एक जना युवती एक जना पुरुषसँग आएर टाँसिइन्। उनले रातो रङको टिसर्ट, सेतो आउटर र कालो रङको प्यान्ट लगाएकी थिइन्। उनी तेस्रोलिंगी रहिछिन्। केही बेर ती पुरुषसँग कुरा गरेपछि त्यहाँबाट हिँडिन्।

ती पुरुषसँग सोध्दा उनले यौनकर्मी तेस्रोलिंगीसँग रेट नमिलेको बताए। ‘मलाई जाऊँ–जाऊँ त लागेको थियो,’ उनले भने, ‘तर, रेटै मिलेन। १५ सय रे। त्यति धेरै तिरेर यस्तासँग के जानुरु बरु गेस्टहाउसमा अलि बढी पैसा तिर्‍यो भने भन्याजस्तो केटी पाइन्छ।’ सुर्खेतबाट वैदेशिक रोजगारीका लागि अर्को साता कतार उड्न लागेका उनले नाम नबताउने शर्तमा भने, ‘काठमाडौँ, माछापोखरीमा साथीसँग बस्छु। आज एउटीलाई उतैतिर लैजाऊँ भनेको। यो पुलमा त यौनकर्मीको लस्करै हुन्छ। उनीहरूले भनेको ठाउँमा गयो भने त लुटेर पठाइदिन्छन्।’

उनीसँग कुराकानी गरिरहँदा अर्का एक जना व्यक्ति पनि आए। उनले एक पटक यौनकर्मीले आफूलाई लुटेको सुनाए। ‘यही पुलबाट १५ सय रुपैयाँ भनेर एउटीले आफ्नो कोठामा लगेकी थिई,’ उनले भने, ‘त्यहाँ पुगेपछि भएको ४५ सय रुपैयाँ पनि लुटी।’ उनी राप्ती यातायातका सहचालक रहेछन्। गाडी अघिल्लो दिन काठमाडौँ आइपुगेको र सोही रात फर्किन लागेको बताउँदै उनले भने, ‘जानुअघि आफ्नै कोठामा लगेर यसो रमाइलो गरौँ भनेको कुरै मिलेन।’

ग्राहक खोजिरहेका यौनकर्मीहरू बेला–बेला चर्को स्वरमा अश्लील शब्द बोलिरहेका थिए। बाटो काट्नका लागि पुलमा हिँडिरहेकालाई उनीहरू वास्ता गर्दैनथे। तर, देहसुखको खोजी गरिरहेका जस्तो देखिइने पुरुषहरूसँग भने उनीहरू टाँसिन्थे, ठोक्किन्थे। रेट नमिल्दा उनीहरू भद्दा शब्द बोलिरहेका हुन्थे।‘कुरा नमिलेर’ भौँतारिरहेका ती सहचालक एक जना युवती भएतिर लागे। उनीसँगै अर्का एक जना पाको उमेरका पुरुष पनि गए। पुलको मध्यभागमा पहँेलो कुर्ता–सुरुवाल लगाएकी युवतीसँग उनीहरू गफ गर्न थाले। युवती भनिरहेकी थिइन्, ‘जाने भए मेरोमा जाऊँ, नत्र हुँदैन। एक पटकको एक जनालाई १३ सय मात्रै हो।’
सहचालकले भने, ‘बरु १५ सय दिन्छु, मेरोमा जाऊँ।’

निकै बेर उनीहरूबीच ‘तेरोमा(मेरोमा’ भइरह्यो। अन्त्यमा पहेँलो कुर्तावाली युवतीले रिसाउँदै र अश्लील शब्द बोल्दै भनिन्, ‘हुँदैन भनेपछि हुँदैन। करको व्यापार गरिँदैन। जाने भए मैले भनेको ठाउँमा खुरुक्क हिँड, नत्र आफ्नो बाटो नाप।’ सहचालक र पाको पुरुष मुख रातो पारेर आफ्नो बाटो लागे। आकाशेपुलको अर्को कुनामा खरानी रङको टिर्सट र कालो प्यान्ट लगाएकी महिला एक जना अधबैँसेसँग बार्गेनिङ गर्दै थिइन्। ‘एक घण्टाको १२ सय, एक रातको पाँच हजार १’ उनी भन्दै थिइन्। अधबैँसे चाहिँ ‘अलि कम गर न’ भन्दै थिए।

‘कममा जानेलाई लैजानू,’ उनी भनिरहेकी थिइन्, ‘मेरो रेट त तलमाथि हुँदैन।’बसपार्कको पुलमा यौनकर्मीसँगै दलालहरूको सक्रियता पनि उत्तिकै थियो। दलालहरू ‘नजिकैको गेस्टहाउसमा केटी छन्, जाने होरु’ भन्दै पुलमा भएका मानिसलाई सोधिरहेका भेटिन्थे। उनीहरू मसिनो आवाजमा ‘जाने भए म फोन गर्दिन्छु’ भनिरहेका थिए। महँगो भयो भनेर ती दुई पुरुष तर्किए। एक जना तेस्रोलिंगी युवतीले उनीहरूलाई गाली गर्दै भनिन्, ‘सस्तो खोज्न त कालिमाटी तरकारी बजारमा जानुपर्छ।’

केही बेरपछि चारपाँच जना युवतीको समूह देखियो। उनीहरू पुलको रेलिङमा अडेस लागेर उभिएका थिए। एक जना १७–१८ वर्षको किशोर उनीहरूसँग गफ गर्न थाले। जाने भए छिटो कुरा मिलाम्,’ एक जना युवती भन्दै थिइन्,‘यहाँ अहिले प्रहरी आयो भने सोधपुछ गर्छ। पक्रिएर लैजान्छ।’सायद कुरा मिल्यो। ती किशोर एक जना युवतीको पछि लागेर न्युरोडतिर लागे। साँझ ८ बजेसम्म वीर अस्पतालअगाडिको पुलमा ग्राहक र यौनकर्मीको बार्गेनिङको सिलसिला चलिरहेको थियो।

रत्नपार्कको पुलमा मानिसको भीड थियो। त्यहाँ दर्जनौँ यौनकर्मी महिला यताउता गरिरहेका थिए। एक जना युवती र पुरुषको संवाद सुनियो।रातको हजार दिन्छु। त्योभन्दा एक सुको बढी दिन्नँ।‘एक बोरा चामलको १३ सय पर्छ। म त मान्छे हुँ, यार १’काठमान्डूमा तिमी मात्रै छौ ररु तिमीजस्ता हजारौँ पाइन्छन्।’हेर्दा त हुनेखाने नै देखिन्छौ। हजार रुपैयाँमा किचकिच गर्न लाज लाग्दैन।’उनीहरू एकअर्कासँग रिसाएर छुट्टिए।

एक जना यौनकर्मीसँग कुरा गर्दा उनले अचेल आकाशेपुल ग्राहक र यौनकर्मीको बार्गेनिङ गर्ने अखडा बनेको बताइन्। ‘हामी अचेल पुल–पुलमा ग्राहक खोज्दै हिँड्छौँ,’ उनले भनिन्, ‘ग्राहक पनि हामीलाई खोज्दै पुलमा आइपुग्छन्।’ उनका अनुसार अधबैँसे पुरुषहरू बढी आउँछन्। ‘भर्खरका केटाहरू त कहिलेकाहीँ मात्रै आउँछन्,’ उनले भनिन्, ‘बढी त पाको उमेरकै हुन्छन्। रक्सी खाएर खुट्टै टेक्न नसक्नेहरू पनि ‘जाऊँ’ भन्दै आउँछन्।’

अर्की एक जना यौनकर्मीले रेटमा किचकिच हुने बताइन्। ‘हामीले भनेको रेटको आधा पनि दिन खोज्दैनन्,’ उनले भनिन्, ‘हामी एक पटकको हजार र रातभरको दुई हजार माग्छौँ। उनीहरू रातभरलाई पाँच सयमा जाऊँ भन्दै आउँछन्।’ उनका अनुसार यौनकर्मीका आ–आफ्ना समूह छन्। ‘कहिले रत्नपार्क, कहिले ठमेल, कहिले नयाँ बसपार्कतिर जान्छौँ,’ उनले भनिन्, ‘पुलिसले ल्याङल्याङ गर्छ।’ बसपार्क क्षेत्रका गेस्टहाउसमा पनि आफ्नो सम्पर्क भएकाले ग्राहकले बोलाउँदा जाने गरेको उनले बताइन्। ‘हाम्रो मोबाइल नम्बर उनीहरूसँग छ। ग्राहक आएको बेला बोलाउँछन्।’

केही प्रहरी आकाशेपुलमा रहेका सामान बेच्ने व्यापारीलाई हटाइरहेका थिए। सँगसँगै, उनीहरू केही महिलालाई पनि ‘यता बस्ने होइन’ भनेर हकारिरहेका थिए। यो क्रम चलिरहेको थियो। प्रहरी आउँदा पुलमा बाटो काट्ने मानिस मात्र हुन्थे। प्रहरी गएपछि पुलमा फेरि तमासा सुरु हुन्थ्योे। पुलको कुना–कुनामा भद्दा मेकअप गरेका, परैसम्म गन्ध आउने अत्तर हालेका यौनकर्मीको झुण्ड देखिन्थ्यो। कुनै बेला त ग्राहक र यौनकर्मी हात हालेर चलिरहेका पनि देखिन्थे।

सर्वसाधारण भन्छन्– ‘लाज लाग्छ’।आकाशेपुलमा यौनकर्मी र ग्राहकबीच हुने कुराकानी र बार्गेनिङका कारण आफूलाई असहज हुने गरेको सर्वसाधारण बताउँछन्। काठमाडौँ, कीर्तिपुर बस्ने रविन शेरचन भन्छन्, ‘आकाशेपुलमा हिँड्नै लाज लाग्छ। हरेक दिन सेक्सवर्करको तमासा हेर्नुपर्छ। गर्लफ्रेन्डसँग हुँदा त झन् अप्ठ्यारो लाग्छ। असभ्य मान्छेहरू भीडमा परेजस्तो लाग्छ। बाटो काट्न बनाइएको पुलको दुरुपयोग भइरहेको छ।’

यौनकर्मी र ग्राहकका बोली र हाउभाउले पैदलयात्रुलाई बाटो काट्नै लाजमर्दो बनाएको बताउँछन्, काठमाडाँै, बानियाँटार बस्ने सचेत सिटौला। उनी आफ्नी बहिनी सोफियासँग पुलमुन्तिरबाट बाटो काटिरहेका थिए। उनलाई किन आकाशेपुल प्रयोग नगर्नुभएको भनेर सोध्दा उनले भने, ‘मैले त आकाशेपुलबाट बाटो काट्नै छोडिसकेँ। एक पटक बहिनीसँग पुलबाट बाटो काट्दा एक जनाले उसलाई ‘जाने हो, कति हो रेटरु’ भनेर सोध्यो। त्यो दिनदेखि पुलबाट बाटै काट्न छाडिदिएँ।’

पुल भएर परिवारसँग हिँड्दा लाज लाग्ने गरेको कान्तिपुर मलमा कार्यरत सुरज क्षत्रीले बताए। उनी पनि सडकबाटै बाटो काटिरहेका थिए। ‘श्रीमती, छोरीसँग पुलबाट हिँड्यो भने त्यहाँको माहोलले आफैँलाई अप्ठ्यारो बनाउँछ,’ उनले भने, ‘बरु, सडकबाटै बाटो काट्न ठीक लाग्छ।’ पुलमा हुने गरेको यौनधन्दा र बार्गेनिङलाई बन्द गर्नुपर्ने उनले बताए। ‘प्रहरीले बेलाबेला निगरानी गरे पनि उनीहरू फेरि आइहाल्छन्,’ उनले भने, ‘बिहान सबेरैदेखि राति अबेरसम्म उनीहरू पुलमा हुन्छन्। यिनीहरूलाई पुलमा आउन दिनै भएन।’

महानगरीय प्रहरी वृत्त, रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवाली प्रहरीले यस्ता क्षेत्रमा निगरानी गरिरहेको बताउँछन्। ‘हामीले यस्ता क्षेत्रमा प्रहरी परिचालन गरिरहेका छौँ,’ ज्ञवाली भन्छन्, ‘सिभिलमा पनि हाम्रा प्रहरी परिचालित छन्।’ यौनकर्मीलाई पक्रिएर थुनामा राखे पनि छोटो समयमा छुट्ने र फेरि त्यही पेशा अँगाल्ने गरेको उनी बताउँछन्। भन्छन्, ‘यस्तो समस्यामा प्रहरीले मात्रै केही गर्न सक्दैन।’

ज्ञवालीका अनुसार सार्वजनिक स्थलमा भइरहेको यौन व्यापारलाई न्यूनीकरण गर्न सामाजिक तथा आर्थिक पक्ष जिम्मेवार छ। उनी भन्छन्, ‘उनीहरूलाई पक्रिएर मात्र के गर्नेरु हामीले रोजगारी दिने कुरा हुँदैन। जबसम्म अन्य रोजगारीका अवसर पाउँदैनन्, उनीहरू यही काममा लागिरहेका हुन्छन्।’ प्रहरीले पछिल्लो समयमा भने यी क्षेत्रमा निगरानी बढाइरहेको उनी बताउँछन्।

महानगरीय प्रहरी परिसर, टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटी उनीहरूलाई परामर्शसँगै वैकल्पिक रोजगारी दिन आवश्यक रहेको बताउँछन्। ‘प्रहरीले यस्ता क्रियाकलापमा लागेकालाई पक्राउ गरेपछि परामर्श दिएर फिर्ता पठाउँछ,’ उनी भन्छन्, ‘तर, उनीहरू अन्य रोजगारीको अवसर नहुँदासम्म यही काममा लागि नै रहन्छन्। उनीहरूलाई रोजगारी सिर्जना गर्नु आवश्यक छ।’ प्रहरीले निर्वाह गर्ने भूमिकासँगै समाजका अन्य पक्षले पनि यस्ता क्रियाकलापलाई न्यूनीकरण गर्न मद्दत गर्नुपर्ने उनी बताउँछन्।

दिगो विकासका लागि सञ्चारमाध्यमको परिचालनकी अध्यक्ष रूपा शर्मा भने यस्ता समस्या समाधान गर्न प्रहरीले राम्रोसँग भूमिका निर्वाह नगरेको बताउँछिन्। ‘प्रहरीले खासै चासो दिएको छैन,’ उनी भन्छिन्, ‘लुकेर यौन व्यापार गरेको भए बेग्लै कुरा, खुलेआम आकाशेपुलमा भइरहेको बार्गेनिङ उनीहरूले देखिरहेका हुन्छन्। तर, पनि आफूले लिनुपर्ने कदम नलिनु उनीहरूको कमजोरी हो।’आकाशेपुलमा समस्या छ’। डीएसपी होबिन्द्र बोगटी, प्रवक्ता, महानगरीय प्रहरी परिसर, टेकु। नयाँ बसपार्क, रत्नपार्कलगायत क्षेत्रमा रहेका आकाशेपुलमा हुने यौन व्यवसायलाई लिएर स्थानीय बासिन्दाले पनि गुनासो गरेका छन्। हामी आफैँ पनि पुलमा हिँड्दा समस्या भएको देखिन्छ। आकाशेपुलमा समस्या छ।

यी क्षेत्रमा हुने विकृतिलाई रोक्नुपर्छ भन्ने सोचले हामीले ‘क्लिन काठमाडौँ’ नामक कार्यक्रम सुरु गर्‍यौँ। यस कार्यक्रमअन्तर्गत आकाशेपुलमा भइरहेको यौन व्यापार न्यूनीकरण पनि पर्छ। हामीले तीन महिनाअघि सुरु गरेको कार्यक्रममा पहिलो दिनै ८५ जनाभन्दा बढी महिला यौनकर्मी र पुरुष ग्राहकलाई समात्यौँ। रत्नपार्क र गोंगबु क्षेत्रमा रहेको आकाशेपुलबाट उनीहरू समातिएका थिए। उक्त कार्यक्रम सुरु गर्दा हामीले प्रहरीभित्रकै महिला तथा पुरुषलाई सिभिल ड्रेसमा खटाएका थियौँ। त्यो बेला महिला प्रहरी कर्मचारीलाई केटाहरूले बार्गेनिङ गरेर हातपात नै गरेको अवस्था थियो।

यौनकर्मी मात्रै नभएर यस्ता क्षेत्रमा दलालको पनि बिगबिगी छ। दलालले होटलसम्म पुर्‍याउने काम गर्छन्। होटल र दलालको कनेक्सन हुन्छ। यस्तो किसिमको विकृतिलाई रोक्न, न्यून गर्न हामीले दैनिक रूपमा यी क्षेत्रमा प्रहरी परिचालन गरिरहेका छौँ। पक्राउ परेकालाई हामीले मुद्दा पनि लगाउने गरेका छौँ। अहिलेसम्म १ सय ५० जनाभन्दा बढीलाई यस्ता क्रियाकलापमा संलग्न भेटिएका कारण मुद्दा चलाएका छौँ। क्लिन काठमाडौँ कार्यक्रमअन्तर्गत यौन व्यापार, खाजाघरमा हुने यौनधन्दा आदि गर्नेलाई पक्राउ गरिरहेका छौँ। आकाशेपुलहरूमा विकृति नहोस् भन्ने हाम्रो मनसाय हो। हामी यौनकर्मीलाई पक्राउ गरेर केही समय थुनामा राख्छौँ। तर, छुटिसकेपछि उनीहरू फेरि यही काममा लाग्छन्। हातमुख जोड्ने अन्य पेशा नभएका कारण उनीहरू फेरि यही पेशामा लाग्छन्। हाम्रो काम परामर्श दिने हो। प्रहरीले रोजगारी दिन सक्दैन।

उनीहरूलाई पक्राउ गरेपछि सार्वजनिक स्थलमा विकृति बढाएको, अभद्र रूपमा प्रस्तुत भएको आरोपमा थुनामा राखिन्छ। उनीहरूलाई १५–२० दिनभन्दा बढी राख्न मिल्दैन। प्रहरी यौनकर्मीले नयाँ जीवन बाँचून् भन्ने चाहन्छ। आत्मग्लानि भएर सुध्रिऊन् भन्ने हाम्रो सोच हुन्छ। यस्ता क्रियाकलाप न्यूनीकरण गर्न पहिला त उनीहरूलाई नयाँ रोजगारी दिनु आवश्यक छ। अन्य रोजगारीको अवसर नहुँदासम्म उनीहरू यही काममा लागिरहन्छन्।

‘प्रहरीको भूमिका कमजोर भयो’रूपा शर्मा ‘नेहा’, अध्यक्ष, दिगो विकासका लागि सञ्चार माध्यमको परिचालन। पछिल्लो समय संघीय संरचना परिवर्तनसँगै कतिपय बालबालिका तथा महिलाको क्षेत्रमा काम गर्ने संकाय खारेज भएका छन्। त्यसकारणले पनि अहिले यो समस्या झनै मौलाएको छ। हिजो विभिन्न संघसंस्थाले यी संकायलाई गुहार्थे, फसेका महिलालाई रेस्क्यू गर्थे। तर, अहिले त्यो अवस्था छैन। प्रहरीले भनेको ठीक हो। यौनकर्मीलाई पक्राउ गरेर लामो समयसम्म थुनामा राख्न सकिँदैन। तर, यति हुँदाहुँदै पनि प्रहरीले जसरी भूमिका निर्वाह गर्नुपर्ने हो, त्यो गरेको छैन।

म आफैँले पनि यौनकर्मी बनेर सडकमा बसेर यो समस्याको अनुसन्धान गरेको छु। त्यहाँ म बसिरहँदा दलालहरू आएर पुलमा बसेकालाई ‘फलानोको होटल हो, चिन्ता गर्नुपर्दैन, सबै सेटिङ मिलाएको छु’ भनिरहेको पाएको छु। अर्कोतिर, प्रहरीले केही समयसम्म कार्यक्रम गरेर लामो समयसम्म त्यही कार्यक्रमलाई रिपोर्टमा राख्ने गरेका छन्। केही समयलाई पुलमा प्रहरी परिचालन मात्र गरेको देखिन्छ। त्यसपछि भने उनीहरू आफैँले देख्दा पनि नदेखेको जस्तै हिँड्ने गरेको पाइन्छ। कतिपय अवस्थामा त प्रहरी आफैँले पनि उनीहरूमाथि हिंसा गरिरहेको हुन्छ। हामीले अनुसन्धान गर्दा सडकमा यौन व्यापार गरिरहेकी एक यौनकर्मीले आफ्नो पीडा सुनाएकी थिइन्। उनलाई प्रहरीले समातेपछि ‘कि धरौटीमा बाहिर निस्की, कि मसँग बस्’ भनेछ। उनलाई ती प्रहरीले बल्खुको कोठामा राखेका थिए। दिनभर प्रहरी अफिसमा हुँदा ती यौनकर्मी अरूसँग जाने र साँझ फेरि फर्किएर प्रहरीकोमै आउने गरेको उनले बताएकी थिइन्।

सबैभन्दा बढी समस्या अहिलेको संघीय संरचनाले काम नगरेका कारण भएको छ। संघीय संरचना त बन्यो, तर ती संकायहरूले आफ्नो क्षेत्रमा प्रभावकारी काम गरिरहेका छैनन्। हरेक संघीय क्षेत्रले आफ्नो क्षेत्रमा हुने बाल यौन हिंसा, यौन व्यापार, महिलाविरुद्ध हिंसाजस्ता कुरालाई अन्त्य गर्न लाग्नुपर्छ। प्रहरीले यस्तो समस्यामा आफ्नो कमजोरी देखाइरहेको छ। लुकेर यौन व्यापार गरेको भए बेग्लै कुरा, खुलेआम आकाशे पुलमा भइरहेको बार्गेनिङ उनीहरूले देखिरहेका हुन्छन्। तर, पनि आफूले लिनुपर्ने कदम नलिनु उनीहरूको कमजोरी हो। सम्पूर्णबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार