मासिदैं खेती योग्य जमिन

  मूलधारपोष्ट  194 पटक हेरिएको

बाजुरा- बुढीगंगा नदीको कटानका कारण आसपास क्षेत्रको दर्जनौ रोपनी खेती योग्य जमिन मासिँदै गएको छ । उचित तटिय व्यवस्थापन नहुँदा बुढीगंगा नदीका कारण बाजुरा र अछाममा पर्ने दर्जनौ रोपनी जमिन कटान हुन पुगेको हो । खेती योग्य जमिन कटान सँगै नदी आसपास क्षेत्रको बस्ती समेत जोखिममा परेको छ । नदीकै कटानका कारण बुढीगंगा नगरपालिका १ अम्कोटका १ सय ७ परिवारको खेती योग्यमा क्षति पुगेको स्थानीय हिरा प्रसाद पाध्ययाले बताएका छन् ।

१९ मुरि फल्न खेती आफ्नो मात्र कटानकै कारण क्षति पुगेको पाध्यायको गुनासो रहेको छ । अम्कोट नजिकै पर्ने मलातीको सिंगो बस्ती नै जोखिममा छ । स्थानीय बर्षादको समयमा बस्ती छोडेर अन्यन्त्र सर्ने गरेका छन् । बडिमालिका नगरपालिका २ पानी नाउँलाका २५ परिवारको जग्गा नदीले कटान गरेको छ । खेती योग्य जमिन कटान गरेर सँगै जोडिएको पानीनाउँला गाउँनै जोखिममा पर्ने अवस्था आएको स्थानीयले बताउने गरेका छन् । पेटमा लात हान्ने काम नदीले गरेको दुखेसो स्थानीयको छ ।

हरेक वर्ष नदीले खेत कटान गर्नेक्रम बढीरहेको छ । यस्तै त्रिवेणी नगरपालिकाका ३ वटा वडा र बुढीगंगा नगरपालिका ३ वडाको खेतियोग्य जमिन नदी कटानको जोखिममा रहेको नगरपालिकाले बताएको छ । नगर क्षेत्रबाटै मात्र कटान रोक्न सकिने अवस्था छैन्, संघ र प्रदेशको चिन्ता हुनु पर्ने त्रिवेणी नगरपालिका ३ का अध्यक्ष मिनबहादुर भण्डारीको भनाई छ । नदी छेउखाउमा रहेको जमिनको तटबन्धका लागि पहल नगरिनु नै कटनाको पहिलो कारण बनेको छ । नदीको छेउमै रहेका ताप्रीसेरा, राप्का, बार्जुगाडा, मौर लगायत बजार पनि उच्च जोखिममा छन् । उनीहरुका कमाई खाने खेतहरु आधाबढी भाग बगाईसकेका छन् ।

बुढीगंगा नदीले अछाम जिल्लामा पनि खेतीयोग्य जमिन कटान गदै आएको साँफेबगर नगरपालिका २ का कमल साउँदले बताएका छन् । साँफेबगर नगरपालिकाको बुढाबगर, ठाँटि, साँफे र कालिमाटिमा खेतियोग्य जमिन कटान गर्दै आएको छ । जग्गा कटान गर्दै आएपछि बस्ती समेत जोखिममा छन् । खेती योग्य जमिन कटान हुँदा खाद्यन्न उत्पादनमा कमी आएको छ । भने पारिवारीक रुपमा स्थानीयले विस्थापीत हुनु पर्ने अवस्था छ । भएको खेती नदीले कटान गरेपनि सुकुम्बासी भएर बस्नु पर्ने अवस्था रहेको दुखेसो स्थानीयको छ ।

नदीले अछाममा रहेको धार्मिक स्थल बैजनाथ क्षेत्रको केही भुभाग पनि कटान गर्दै आएको छ । मन्दिर समेत जोखिममा छ । यस्तै वर्षेनी कटान हुदै जान थालेपछि साँफे मार्तडी सडक समेत जोखिममा छ । यो वर्षमात्र सडक लगातार तीन पटक पहिरोकै कारण अवरुद्ध बनेको छ । नदीकै कारण द्धवारीमा पहिरो गएपछि तत्कालका लागि सडक सञ्चालन गर्न वैकल्पिक मार्ग निर्माण गरिएको छ । नदीकै कारण सडक उच्च जोखिममा रहेकोले बैकल्पीक मार्गको खोजी जरुरी रहेको नेपाली काँग्रेसका पार्टी सभापति कविराज पण्डितले बताएका छन् ।

जिल्ला प्रशासन र स्थानीय तहका तर्फबाट पनि अहिलेसम्म कुनै पहल गरिएको छैन् । तर नदीको कटान प्रत्येक वर्ष दोब्बरले बढीरहेको छ ।अछामको साँफे देखी बाजुराको मार्तडी सम्म ५७ किलोमिटर सडक रहेकोमा २० किलोमिटर लामो बाटो उच्च जोखिममा छ । बाजुराका बुढीगंगा र त्रिवेणी नगरपालिकाको अधिकांश नदी किनारको बस्ती, जमिन र अन्य संरचना जोखिमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार