सत्ता हस्तान्तरणका लागि बैधानिक बाटोको खोजीमा देउवा सरकार

  मूलधार सम्वादाता  349 पटक हेरिएको

काठमाडौं– सरकारले सत्ता हस्तान्तरणका लागि बैधानिक बाटोको खोजी भइरहेको बताएको छ । चुनावबाट बहुमत पाएको वाम गठबन्धनले राष्ट्रिय सभालाई लिएर सत्ता लम्ब्याउन खोजेको आरोप लगाएपछि सरकारले पत्रकार सम्मेलन गरेर यसको खण्डन गरेको हो ।

मंगलबार पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ताएवं सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय सभा निर्वाचन सम्वन्धी अध्योदश जारी गर्न राष्ट्रपतिलाई आग्रह गर्नु भयो । मन्त्री बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता हस्तान्तरण गर्न आतुर रहे पनि केही दलका नेताहरुबाट गलत प्रकारका अभिव्यक्ति आउनु दुःखद भएको बताउनु भयो ।

अहिले सम्म समानुपातिक तर्फ कुन दलले कति सिट पायो भन्ने सम्म निर्वाचन आयोगले भन्न बाँकी रहेको भन्दै उहाँले राष्ट्रियसभा कानुन नभई अघि बढ्न नसक्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, हामी कानुनी जटिलता निम्त्याएर सत्ता लम्ब्याउन चाहँदैनौ । संवैधानिक कानुनी विधिबाट सत्ता हस्तान्तरण गर्न खोजेको हो ।

यो सरकार रहँदा सम्म नियुक्ति तथा सरुवा, बढुवाका काम नरोकिने पनि उहाँले बताउनुभयो । एमालेले सरकारले नियुक्तितथा सरुवा, बढुवाको काम गरेको र जनादेश कमजोर भएर पनि सरकार मोह नछोडेको भन्दै काग्रेसको बिरोध गर्दै आईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार