अरुण नदीमा जीप खस्दा ६ जना वेपत्ता

  मूलधारपोष्ट  251 पटक हेरिएको

सङ्खुवासभा-सङ्खुवासभाबाट धरान जाँदै गरेको जीप नदीमा खस्दा ६ जना वेपत्ता भएका छन् । गयराति को १ ज. ३७४९ नम्बरको जीप सङ्खुवासभाको अक्कर भिरबाट अरुण नदीमा खस्दा चालक सहित ६ जना बेपत्ता भएका छन् । खाँदबारीबाट बिरामी लिएर धरान तर्फ जाँदै गरेको बोलेरो जीप धर्मदेवी नगरपालिका ८ मा पर्ने अक्कर भिरबाट खसेको हो ।

दुर्घटनामा परि वेपत्ता हुनेहरुमा खाँदबारी ९ का सवारी चालक सन्तोष विश्वकर्मा, खाँदबारी ९ कै २२ वर्षका प्रमेश थापा मगर र उनका भिनाजु खोटाङका २७ वर्षका खबरमान पिठाकोटे रहेका छन् । त्यस्तै, खाँदबारी ९ का २४ वर्षका संगम श्रेष्ठ, उनकी श्रीमती २२ वर्षका सदिक्षा राई श्रेष्ठ र उनीहरुका २ महिनाका छोरा समिर श्रेष्ठ रहेका छन् । निमोनियाको बिरामी बच्चाको उपचार खाँदबारी अस्पतालमा हुन नसकेपछि धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको थियो ।

घटनास्थलमा लगातार पानी परेपछि वेपत्ता भएकाहरुको खोजी गर्न समस्या भइरहेको छ । घटना भएको क्षेत्रमा लगातार पानी परेकोले पनि खोजी कार्यमा समस्या परेको घटनामा संलग्न प्रहरीहरुले जनाएका छन् । जिप खसेको सडकदेखि अरुण नदिको पानीको सतह करिव ५० मिटरको तल पर्छ । स्थानीय प्रहरीले उद्धार र खोजी गर्न नसकेपछि चितवनबाट गोताखोर टोली बोलाईएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिनुभयो ।

गोताखोर टोलीको माग गरिसकिए पनि मौसमकै कारण टोली आउन सकेको छैन । मौसममा सुधार भए लगत्तै गोताखोर टोली आएर खाजी गरिने प्रमुख जिल्ला अधिकारी दुलालले जानकारी दिनुभयो । मौसममा सुधार आए आजै नत्र भोली गोताखोर टोली आएर खोजी कार्यमा लाग्ने प्रमुख जिल्ला अधिकारी दुलालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार