वडा कार्यालयमा डिजेल छर्केर आगजनीको प्रयास

  मूलधारपोष्ट  216 पटक हेरिएको

बाजुरा- जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नं‌ १ को वडा कार्यालयमा मंगलबार राती आगजनी गर्ने प्रयास गरिएको छ। राती करिब १२ बजेतिर वडा कार्यालयमा डिजेल छर्केर आगजनीको प्रयास गरिएको वडाध्यक्ष वीरबहादुर रावलले जानकारी दिनुभएको छ ।

भदाै ३१ गते राती पानी परिरहेको बेला सबै सुतिसकेपछि कोही अज्ञात समूह आएर आगजनीको प्रयास गरिएको अध्यक्ष रावलको भनाई छ। प्लाष्टिकमा डिजेर छर्केर आगो लगाउने प्रयास गर्दै गर्दा नजिकैका व्यापारीले जानकारी पाएपछि प्रयास असफल भएको वडाध्यक्ष रावलले बताए। प्लाष्टिकको पोकामा डिजेर छर्केर आगो लगाउनका लागि झ्याल फोड्दै गरेको आवाज  स्थानीयले जानकारी पाएका थिए। उनीहरु उठेर वडा कार्यालयमा के भइरहेछ, भन्ने हल्ला चलेपछि अज्ञात समुह भागेको बताएको छ।

झ्याल फुटाउने बाहेक अन्य कुनै क्षति नभएको वडा कार्यालयले बताएको छ। ‘कुनै कागजपत्रमा केही क्षति भएको छैन्, झ्याल मात्र तोडफोड गरेको छ’, अध्यक्ष रावलले भने। गाउँपालिकाको १ नम्बर वडा अछामसँगै जोेडिएको छ। घटनाको अनुसन्धानका लागि प्रहरी टोली डोगडीबाट काँडा गएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। बझाङ अछाम र खप्तडसँग र नजिक भएकोले बिप्लव समूहले प्रयास गरेको अनुमान गरिएको छ।

तर अनुसन्धान पछि मात्र त्यसबारे थाहा हुने प्रहरीले बताएको छ। वडा कार्यालयमा आगजनी प्रयास भएपछि गाउँपालिकाले अन्य वडाको पनि सुरक्षा सतर्कतामा चासो देखाएको छ। सरकारी संरचनामा आगजनी प्रयास गरिएको बाजुरामा यो पहिलो घटना हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार