ए साथी..

  गजल  372 पटक हेरिएको

प्रमिला थापा –
ए साथि तिमि बेरोजगार रहेछौ
म त झनै वषौँ देखि बेरोजगार ।
आऊ अब तिमि एक्लो छैनौ
अब हामी दुई बेरोजगार भयौ ।।

तिमिले नी डिग्री पास गरेका रहेछौ
म त झनै दुई विषयमा डिग्री होल्डर ।
आऊ अब हामी एक्लो छैनौ
अब हामी दुई अरु बेरोजगार खोजौ ।।

हामी दुवैका आमाबुबाका सपना
वषौँदेखि उस्तै छन ।
देशको चाल फेरिएला भन्दा
नेताआफ्नै स्वार्थमा व्यस्त छन् ।।
हेर ! यहाँ हामी मात्र बेरोजगार छैनौ
यहाँ त हजारौ बेरोजगार छन ।।।

हाम्रा लागि नेपालमा गरिखाने काम छैन
काम नगरी छाक टार्ने केहि माम छैन ।
आऊ अब केहि विकल्प खोजौँ
आफ्ना जिन्दगीका केहि गन्तव्य रोजौँ ।।

जाऊ तिमि डिग्रीका सटिफिकेट
घरमै थन्काएर आऊ ।
म पनि घरको बाकसमै थन्काउछु
अनि जाऊ हिन अव बेसीक कोरियन भाषा पढौँ
कोरियन भाषाको फर्म भर्न घण्टौ लाईन कुरौ ।।

नत्र,जाउ तिमि पनि खाडितिर पसिना चुहाउन
म पनि आउँछु दुबईतिर दश नङ्ग्रा खियाउन ।
तागत सकिएपछि तिमिपनि नेपाल फिर्ने सपना बुन्नु
म पनि बाँचेछु भने फिरौँला नत्र समाचार सुन्नु ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार