४ हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण, सबै यात्रु सुरक्षित

  पत्रपत्रिका खबर  613 पटक हेरिएको

सोलुखुम्बुको लुक्लाबाट काठमाण्डौ उडेका चार वटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ । मौसममा खराबी आएपछि सिम्रिक एअरका २ वटा, मनाङ एअरको एउटा र कैलाश एअरको एउटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण भएको पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले उज्यालोलाई जानकारी दिनुभयो ।

चारवटा हेलिकप्टर पाँचखाल नगरपालिका–२ मा धानखेतमा अवतरण भएका छन् । हेलिकप्टर रहेको स्थानमा पुग्नुभएका प्रहरी निरीक्षक ९एसपी० रुपाल अधिकारीका अनुसार मनाङको एउटा र सिम्रिकका २ वटा हेलिकप्टरमा ६÷६ जनाका दरले १८ जना र कैलास हेलिकप्टरमा ३ जना गरी २१ जना यात्रु रहेका छन् ।

हेलिकप्टरमा केही विदेशी यात्रु पनि रहेको उहाँले जानकारी दिनुभयो । सबै २१ जना यात्रु सुरक्षित रहेको प्रहरी निरीक्षक अधिकारीले बताउनेभयो । मौसममा सुधार आएपछि हेलिकप्टर काठमाण्डौ लागि उड्ने जनाइएको छ । उज्यालोबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार