फेरी खोल्यो नेपाली सेनामा जागिरको अवसर,

  मूलधार सम्वादाता  404 पटक हेरिएको

काठमाडाैं-  नेपाली सेनाले एकैपटक १ सय ५० अधिकृत (क्याडेट) को पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। १८ वर्ष पूरा भई २१ वर्ष ननाघेका न्युनतम प्रमाणपत्र तह उतीर्ण गरेकाले आवेदन दिन सक्नेछन् ।

खुला तथा समावेशी रुपमा पदपूर्ति हुनेछ। विज्ञापन अनुसार खुलातर्फ ८३ जनाको कोटा निर्धारण गरिएको छ। यस्तै समावेशीतर्फ महिला १३, आदिवासी जनजाति २२, मधेशी १९, दलित १० र पिछडिएको क्षेत्रमा ३ जनाको कोटा निर्धारण गरिएको छ।

पुस ४ गतेदेखि माघ ३ गतेसम्म दरखास्त दिन सकिनेछ। दोब्बर दस्तुरमा माघ १० गतेसम्म दरखास्त दिन सकिनेछ । जंगी अड्डा भद्रकालीसहित सबैै पृतनाहरुमा दरखास्त फाराम पाइनेछ। सुचना हेर्नहोस् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार