नेपाल बैंक लिमिटेडमा ठुलो संख्यामा जागिरको अवसर (विज्ञापन सहित)

  मूलधारपोष्ट  248 पटक हेरिएको

काठमाडाैं- नेपाल बैंक लिमिटेडले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ। बैंकको मानस्रोत व्यवस्थापन विभागले लोकसेवा आयोगको सहमति अनुसार बैंकको २०७६/७७ को स्वीकृत दरबन्दीका आधरमा विभिन्न पदका लागि दरखास्त मागेको हो।

जस अनुसार सहायक प्रबन्धक, सहायक आइटीलगायत कनिष्ठ सहायक सम्म सातै प्रदेशमा दरखास्त माग गरेको हो। योग्यता पुगेका नेपाली नागरिकले अनलाईन मार्फत २०७६ साल असोज १९ गते भित्रमा दरखास्त दिन सक्ने बैंकले जनाएको छ। नेपाल बै‌क लिमिटेडले विभिन्न पदमा गरेर देशैभरबाट ६ सय ५१ जना मानिसको लागि राोजगारी खोलेको छ ।

सहायक प्रवन्धको लागि माग गरिएको संख्या जसमा बैकले सहायक प्रवन्धक १२६ जना,सहायक प्रवन्धक (CA) १० जना,सहायक प्रवनधक (IT) ४ जना माग गरेको छ । त्यस्तै सहायक पदको लागि ७ अोटै प्रदेशगत रुपमा माग गरिएको छ । जसमा प्रदेश १ को लागि २४ जना,प्रदेश २ को लागि ३० जना,प्रदेश ३ को लागि १६७ जना,गण्डकी प्रदेशको लागि ५४ जना,प्रदेश ५ को लागि ३७ जना,कर्णाली प्रदेशको लागि २८ जना,सुदुरपश्चिम प्रदेशको लागि ११ जनाको लागि जागिरको अवसर खुलेको छ ।

त्यस्तै कनिष्ठ सहायक पदको लागि प्रदेशगत रुपमा माग गरिएका संख्यामा प्रदेश १ को लागि १२ जना,प्रदेश २ को लागि १४ जना,प्रदेश ३ को लागि १५ जना,गण्डकी प्रदेशको लागि ८ जना,प्रदेश ५ को लागि १३ जना,कर्णाली प्रदेशको लागि ४ जना सुदुरपश्चिम प्रदेशको लागि ३ जनाको लागि माग गरिएको छ । पूर्ण जानकारीको लागि तलको बिज्ञापन हेर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार