गाउँपालिका अध्यक्ष माथी गोली प्रहारको प्रयास

  पत्रपत्रिकाबाट  387 पटक हेरिएको

अछाम-रामारोशन गाउँपालिका अध्यक्ष झँकर साउँदमाथी आक्रमणको प्रयास भएको छ । गाउपालिका कार्यालय संगै जोडिएको निवाशमा रहनु भएका साउदमाथी अाक्रमणको प्रयास भएको हो । स्थानीयका अनुसार साउदलाई लक्षीत गरि गोली समेत प्रहार भएको थियो ।

अज्ञात समुहले चलाएको गोलीले कुनै पनि मानविय क्षेती नभएको घटनास्थलमा रहनु भएका डम्वर स्वारले बताउनुभयो । साउदमाथी लक्षीत गरि गोली प्रहार गर्ने समुहको खोजी भईरहेको छ । ३ जनाको समुहले उनीमाथी अाक्रमणको प्रयास गरेको काँग्रेस नेता डम्वर स्वारले बताउनुभयो ।

त्यस्तै बझाङ वित्थडचिर गाँउपालीकाको गाडीमा आगजनी गरेको छ । कार्यालय नजिकै सडकमा पार्किङ गरेको से १ झ २७४ नम्बरको अफिसको जिप अज्ञात समुहले शनिवार राती १ , २ बजेतिर आगजनी गरेको गाँउपालीका अध्यक्ष प्रेम बोहराले वताए ।

डिजेल फालेर जलाएको गाडीमा अगाडीको भाग पुर्ण रुपमा क्षेती भएको छ । घटनाको अनुसन्धानका लागी स्थानीय अम्मर महरलाइ प्रकाउ गरि जिल्ला ल्याएको प्रहरी नायब उपरीक्षक गणेश बम्मले वताए । विप्लब समुह बाट अफिसको जिपमा आगजनी गरिएको हुन सक्ने प्रहरीले अनुमान गरिएको छ । घटना स्थलमा अपराधीहरुको खोजीका लागी थप प्रहरी परिचालन गरिएको छ ।

यस अगाडि पनि बझाङमा विप्लवका कार्यकर्ताहरुले जनप्रतिनिधि तथा कर्मचारीहरु लाइ कालोमुसो लगाउने र वडा कार्यालयमा कागजनि गर्दै आएका थिए । चन्दा नदिएको रिसले यो घटना गरिएको हुन सक्ने गाँउपालिका जनप्रतिनिधिको आरोप छ । गाँउपालीका केन्द्रमा प्रहरी चौकीका लागी पहल भएता पनि हाल सम्म भने वित्थड चिर गाँउपालीका केन्द्रमा अहिले सम्म प्रहरी चौकी स्थापना हुन सकेको छैन । गाँउपालीकाले एक वर्ष अगाडि जिव खरिद गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार