दैवले थापेको त्यो हात

  पत्रपत्रिकाबाट  378 पटक हेरिएको

सत्यराज सिंह-भदौमा लाग्ने बझाङको प्रसिद्ध मेला मेला विर्सति मेला जानको लागि सदरमुकाम चैनपुर बाट २० गते दिउसो ४ बजे तिर हाम्रो टिम तयारी अवस्थामा थियो । जिप चढ्नका लागि हाम्रो टोली सुर्मा देवि मन्दिर अगाडि कुरी रहेको थिए । केही बेरमा आइपुगेको जिपमा हामी दुर्गाथलीतिर हुइकियौ । जिपमा नेपालपत्रकार महासघं जिल्ला शाखा बझाङका अध्यक्ष जगदीस रोकाया, कान्तिपुरकर्मी वसन्तप्रताप सिंह, राससका रमेश के सी , जिपमालीक चक्र बोहरा, शिक्षाप्रेमी जोशी र म थियौ । बाटोमा हामीले चिनेका साथीहरु को को अगाडि गएका छन र को पछाडि आउदै छन भनेर गफ र हाँसी मजाक गर्दै हामी अगाडी बढ्यौ । मोरिबगरमा एक होटलमा छिरेर अन्डा ,चाउचाउ पकाउन लगायो ।

केहि बेरमा नास्ता पाक्यो सबै जनाले नास्ता खाएर हामी अर्काे फोरव्हिल गाडीमा दुर्गाथल तर्फ उकालो लाग्यौ । करिब ४५ डिग्री भन्दा ठाडो उकालो र साँघुरो सडकमा गाडी हल्लीदा डराएका साथीहरुले बलियो गरि सिट समातेका थिए । कतिवेला उकालोमा चढ्न नसकेर गाडी खोलामा पुग्छ । वा साँघुरो सडकका डिलबाट फुत्त भिरमा खस्छ जस्तो लाग्थ्यो । केही वेरमा हामी चौधारी प्रवेस गर्याै । हरिया गलैचा ओछ्याए जस्ता जिउला, जिउलाको सिरानीमा लहरै मिलाएर बनाएका घर । जता हेर्याे उतै सुन्दर दृष्यले डर हरायो । हामी रोमाञ्चित भयौ । गाडिमा बजिराखेको गितले यो सुन्दरतालाई संगितमय बनाई रहेको थियो । मेलापात गरेर फर्कदै गरेका मानिसहरु आफ्नो गन्तव्य तर्फ गइरहेका दृष्य पनि हेरीरहुँ लाग्ने खालका थिए ।

हाम्रो गाडी आफ्नै गतिमा उकालो चढ्दै थियो ।विस्तारै यो सुन्दर दृष्य ओझेल पर्दै थियो । अक्करे भिर खोस्रेर डोजरले खनेको ठाडो सडक, त्यसै माथी खाल्टा खुल्टी । गाडी हल्लीदा हामी कहिले अगाडीको सिटमा हुत्तिन्थ्यौ । कहिले छेउको साथीको शरिरमा ठोक्किन पुग्थ्यौं । मेला बाट कहिले फर्कने भनेर एक आपसमा कुराकानि गर्दै ,र अगाडि गएका साथिहर संग फोन गर्दै बाटोको अवस्था बुझेदै गैरहेका थियौ । त्यो सडकमा मेला भएका कारणले होला जिपहरु र बाईकहरु बाटो भरि तलमाथिगरिराखेका थिए । बाटोको विषयमा कुराकानि हुदै थियो साखा सडक , बझाङमा भैरहेको डोजर आतंकको बारेमा छलफल गर्दै ,बाटोमा आएको पानि र रातोमाटोका कारण गाडि चिप्लीएर पानिमा डुङ्गा गएजसरि यताउति जानखोज्थ्यो जिपचालकले कन्टोल गरेरै लिनखोजे सडकमा कहिखोला त कहि रातो माटो , कहि गुडगुडे ढुङ्गा थिए ।

गुडगुडे ढुङ्गा भएको ठाउँमा बे्रकले कामै गर्दैन भनेर गाडि चालकले भन्दै थिए । कान्तिपुर कर्मिले केहि हतार छैन विस्तारै चलाउनु भनेर गाडि चालकलाई बेला बेला अनुरोध गदै ,थिए । उकालो ओरालो बाटो हुदै हामी मेलालाग्ने ठाउँ नजिकै पुग्नै लागेका थियौ । पछाडिबाट अर्को गाडि पनि आउदै थियो । उकालोमा करिब १० मिटर जति उकालो चढि सकेको गाडि एक्कासि व्याक हुन थाल्यो । गाडीको आवाज र गती हेर्दा नियन्त्रण गुमाएको प्रष्टै थाहा हुन्थ्यो ।

त्यतिकैमा बसन्त जिपको ढोका खोल्न खोज्दै गर्दा भुइमा पछारिए । ड्राईभरले गाडी गयो भाग्नुस भन्दै थियो । म के भयो भनेर अलमलमा परे । पत्रकार महासघं अध्यक्ष जगदीस रोकाया पनि बाहिर निस्के अब त्यो गाडिमा म ,गाडि मालिक र राससकर्मी रमेस र शिक्षा प्रेमी मात्र बाँकी थियौ । मैले के भयो भनेर केही सोच्नै सकेको थिएन । म अझै जिप मै बसेको थिए । एक्कासि मैले जिपको झ्यालबाट बाहिर हेरे कान्तिपुरकर्मि लगाएत पछिल्लो गाडिमा आएका यात्रुहरु जम्मै गाडिको अगाडि पछाडि जम्मा भएका थिए ।

मलाई गाडि गएको कुरा कुनै थाहा थिएन मैले कान्तिपुर कर्मि लडेको देखे मैले गाडि ब्याक भएर पछाडिको गाडि संग ठक्कर खाएको रहेछ भनेर हतार हतारमा गाडि बाहिर निस्के म पछाडि बसेका रासस कर्मी मेरो नजरमा देखिन मैले सोचे तल पट्टि ठाउँ छ भनेर गाडिको झ्याल खोलेर हामफालेकि भन्ने मेरो मनमा सोच गयो मैले यताउति हेरे सबै जना गाडि बाट ओर्लि सकेका थिए । मैले सोधे के भयो सबै जना गयो गयो छिटो ओर्लौ भन्दै थिए । गाडिचालक गाडि मै थिए ।

मैले जिपतिर हेरे जिपको अगाडिको एक पाङग्रा र पछाडिको एक पाङग्रा सडक भन्दाबाहिर गएको थियो । मैले तलतिर हेरे करिब राति भएकाले होला करिब ८ बजेको थियो तल पट्टि चट्टान जस्तै तल पट्टि खोलाथियो । हामी त्यहाँ बाट खसेको भए कोहि पनि बच्दैन थियौ होला गाडि हल्लि राखेको थियो । गाडिको एउटा पाङग्रामा कस्ले ओट हालेको थियो । करिब करिब जिप ८० प्रर्तिशत सडक भन्दातल थियो । १० प्रर्तिशत सडकमा थियो । पछिल्लो गाडिका सबै यात्रुहरु आएर जिपमा डोरि लगाए माथितिर तान्न कोसिस गरि राखेका थिए गाडि चालकले डोरी लगाएर आधाले ताने र चालकले जिप सडकमा ल्यायो जिप कसरि गयो सडक बाहिर भन्दा जिप मालीकको खुट्टाको टच भएर गाडि न्युटलमा गएर अनियन्त्रीत भएको बताए ।

अब हामी गाडिमा जाने कि हिडेर जाने भनेर कुरा गरि राखेका थियौ । सबैले आ–आफ्नो घरमाफोन गरेर सबै कुरा बताए । हामी गाडिमा फेरि चड्यौ एउटा हु बागभन्ने चरा सडक बाट उडेर आकास तिर गयो कसैले यसलाई भगवानको अवतार गरेर आयो भने कसैले हामीलाई बचाउन आयो भने जय दुर्गा माता , जय कालीका माता, जय कुले देवता भन्दै आ–आफ्नो देवतालाई पुकारदै भएको दृर्घटनालाई स्मरण गर्दै गाडि चालकलाई विस्तारै चलाउन अनुरोध गरे गाडि चालकले पनि भगवानले हातथापेको भन्दै गाडी आफै कसरी रोकियो भनेर छक्क परे । आखिर मर्नु नलेखेको रहेछ । भाग्यले बाँचियो । सुचना दैनिकबाट साभार ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार