लोगतन्त्र र विधिको सासन भन्दा बाहिर कसैले बस्न सक्दैन : थापा

  पदम सिंह  388 पटक हेरिएको

बाजुरा-  नेकपा एमालेका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभाका नवर्निबाचित सांसद सदस्य लालबहादुर थापाले लोकतन्त्र र विधिको सासनभन्दा बाहीर रहेर कसैले काम गर्न नहुने बताएका छन् ।

सोमबार बाजुराको सदरमुकाम मार्तडीमा आयोजना गरिएको प्रतिनिधि सभाका नवनिबार्चित सांसद लालबाहादुर थापासंग कार्यालयहरुका प्रमुखहरुको परिचयात्मक कार्यक्रमा यस्तो बताएको हो ।

जिल्लामा कर्मचारीहरुले जनताको काममा कटिबद्ध भएर काम गर्न अनुरोध समेत गरेका छन् । र आफू सकारात्मक कामको पक्षमा जहिलै उभिएको बताए ।

जनताबाट निर्वाचित भैसके पछि आफू बाजुरा जिल्लाको विकासको लागी अहोरात्र खटीएर लाग्ने बताएको छ । अव कर्मचारीहरुले कसैको डर धम्कीमा नबस्नु पर्ने बताए । बाजुराको विकासलाई कसरी अगाडी बढाउने सवै आफूले खाकासंगै तयार रहकोले जिल्ला स्थिति सम्पुर्ण नागरीक समाज कर्मचारी पत्रकारले साथ सहयोगको अपेक्षा रहेको उनले बताए ।

जिल्लाको विकासको लागी बाजुराली जनताले विकास भएन भन्नु भन्दा अवको यात्रा डाटाबेसमा हुनुपर्ने र डाटाको आधारमा सूचना समाचारहरु बाहीरीए योजना बनाउन सजिलो हुने बताए ।

सवै ठाउमा अभाव मात्र भन्दा पनि केकति कारणले त्या गएको योजनाको प्रभावकारी भए नभएको सूचना सत्यतथ्य ल्याउदा राम्रो हुने बताए । जिल्लाका सवै कार्यालय प्रमुख, पत्रकार, नागरीक समाज लगाएतको उपस्थिति कार्यक्रमा सवै कार्यालयहरुमा छिटोछरीतो र प्रभावकारी काम गर्न निर्देशन दिनुभएको छ ।

त्यसै अर्को प्रसंगमा जिल्लामा पत्रकारहरुले समाचार लेख्दा भरमात्मक नभएर सत्यतथ्यलाई आधार मानि समाचार सम्प्रेषण गर्दा समाजमा राम्रो म्यासेज जाने बताए । नवनिर्बाचित सांसद थापाले बाजुराली जनताको जनजिवनसंग खेलबहाड गर्ने सकैलाई पनि छुट छैन् । यदि गरिहालेमा पनी त्यस्ता व्यक्तिलाई कानुनी दाएरामा ल्याएर कार्वाही अगाडी बढाउने बताए । बर्षौ देखी म्याद थप्दै आएको गुईगाड खोलाको पुल जिल्लाका काँडा, डोगडी लगाएतका स्वास्थ्य चौकी हरुको समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कानूनी प्रकृयाबाट कार्बाही गराउने बताए । यस्तो काम गर्ने सकैलाई पनि छुट नहुने बताए ।

जिल्लाका सवै स्थानीय तहहरुलाई सडक स्रञ्जालसंग जोड्ने, उज्यालो बाजुरा, आत्मनिर्भर बाजुरा बनाउन कृर्षि आधुनिकी करण गर्ने, पर्यटन, जडीबुडी प्रशोधनमा ध्यान दिने, गुणस्थरीय शिक्षा र स्वास्थ्यमा सवैको पहुच आफ्नो मुख्य प्राथामीकतामा रहेको पाटीले निकालेको घोषणा पत्रमा सवै समाबेस गरिएकोले त्यसैलाई आधार मानेर जिल्लाको विकास लाई अगाडी बढाउने थापाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार