भो’लि शुक्र’बार सार्व’जनिक बिदा

  मूलधारपोष्ट  383 पटक हेरिएको

काठमाडौ उपत्यकामा भोलि (शुक्रबार) सार्वजनिक बिदा हुनेछ । इन्द्रजात्रामा सार्वजनिक बिदा दिइएको हो । काठमाडौं उपत्यकामा इन्द्रजात्राको पहिल्यैदेखि सार्वजनिक बिदा हुने गरेको छ । सरकारले अन्य चाडमा सार्वजनिक बिदा कटौती गरे पनि इन्द्रजात्रामा भने बिदा कायम गरेको छ । वर्षा र सहकालका देवता इन्द्रको सम्मानमा इन्द्रजात्रा मनाइन्छ । यस अवसरमा हनुमाढोकास्थित ऐतिहासिक दरबारक्षेत्र परिसरमा रहेका गणेश,कुमारी र भैरवको दर्शन र पूजाआजा गर्ने परम्परा छ ।

इन्द्रजात्राको अवसरमा हनुमानढोका दरबारक्षेत्रको प्राङ्गणमा गणेश, कुमारी तथा भैरवको रथ निकाली दर्शनपूजन गर्ने गरिन्छ । यस दिन राष्ट्रपति ,प्रधानमन्त्रीलगायत राज्यका विशिष्ट पदाधिकारी तथा कूटनीतिक नियोगका प्रतिनिधिले हनुमानढोका गई इन्द्रजात्राको अवलोकन गर्नुका साथै गणेश ,कुमारी भैरवको दर्शन पूजा गरी प्रसाद ग्रहण गर्ने चलन छ ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टीको बुधबार बसेको सचिवालय बैठकले उपनिर्वाचन तयारीबारे निर्णय गरेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपनिर्वाचनको तयारीमा लाग्ने निर्णय गरेको हो । बैठकबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले उपनिर्वाचनबारे छलफल र निर्णय भएको जानकारी दिए ।

निकट भविष्यमा हुन गइरहेको संघीय संसद प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदको उपनिर्वाचनका लागि पुनः दल दर्ता गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार निर्वाचन आयोगले गरेको पत्राचारका आधारमा दल दर्ता गर्ने जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिएको छ । निर्वाचन आयोगले आगामी मंसिर १४ गते उपनिर्वाचनका लागि मतदानको मिति तोकेको छ । जसका लागि दल दर्ता गर्नेबारे सूचना जारी गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार