तिनवटै पद एमालेलार्इ नदिने माअोवादी नेताको सुझाव,

  निर्वाचन विषेश  398 पटक हेरिएको

काठमाडाैं-  सोमबार बसेको नेपाल कम्युनिष्ट माअोवादी केन्द्रको केन्द्रिय बैठकमा पेरिषडाँडामा सम्पन्न भएको छ । निर्वाचन सकिएपछिको  पहिलो  बैठकमा माअोवादी नेताहरुले सरकार गठन र पार्टी एकता सँगसँगै हुनुपर्नेमा जोड दिएका छन् ।  बैठकमा बोल्ने नेताहरुले पार्टी एकता हुँदा पदको सम्मानजनक बाँडबाँडमा समेत जोड दिएका छन् ।

बैठकको सुरुमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनमत एकताको पक्षमा रहेको भन्दै त्यसको सदुपयोग गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए । बैठकमा छोटो मन्तब्य राखेका प्रचण्डले एकताका विषयमा नेताहरुसँग राय मागेका थिए ।

सोलगत्तै आफ्नो धारणा राखेका नेताहरुले दुई कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्ने भएपनि पद बाँडफाँड ‘सम्मानजनक’ हुनुपर्नेमा जोड दिएका थिए । बोल्ने अधिकांश नेताहरुले कुनै पनि हालतमा एकतापछि तीन ओटै पद केपी ओलीलाई दिन नहुने प्रचण्डलाई सुझाव दिएका थिए ।

‘नेतृत्वको विषयमा प्रष्ट हुनुपर्छ एमाले अध्यक्ष केपी ओलीले संसदीय दलको नेता, प्रम र अध्यक्ष पद लिने जुन कुरा बाहिर आएको छ । त्यो कुनै पनि हालतमा स्वीकारै हुन्दैन । यसमा नेतृत्व स्पष्ट हुनु जरुरी छ’ उनीहरुको जोड थियो ।

यस्तै उनीहरुले पार्टी एकता र सरकार गठनलाई एकैसाथ अघि बढाउनुपर्नेमा समेत जोड दिएका थिए । कार्यालय सदस्य उर्मिला अर्याल, मातृका यादव र देव गुरुङले अन्तर्घातका कारण विभिन्न निर्वाचन क्षेत्रमा पार्टी पराजित हुन पुगेको आरोप बताएका थिए ।

विषेशगरी गोरखा क्षेत्र नम्बर २ को चुनावी नतिजालाई लिएर बोलेका केहि नेताले त्यहाँ नारायणकाजी श्रेष्ठ प्रकाश हार्नुको कारण नै अन्तर्घात भएको दाबी गरेका थिए ।

यस्तै अर्का सदस्य पर्शुराम तामाङले बिचार, संगठन र नेतृत्वको विषयमा पार्टी स्पष्ट हुनुपर्नेमा जोड दिँदै सरकार बनाइहाल्ने तर पार्टी एकताचाहिँ पछि गरिए त्यो गम्भीर गल्ती हुने धारणा राखेका हुन् ।

बैठकपछि माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सरकार निर्माणर पार्टी एकताको कुरा सँगसँगै हुनुपर्ने बैठकले निश्कर्ष निकालेको बताइन् । ‘सरकार निर्माण र पार्टी एकता सँगसँगै हुनुपर्छ’, उनले भनिन्, ‘सरकार पहिला बनाउने र पार्टी एकता पछि गर्ने भन्ने हुँदैन ।’ न्यूज २४ नेपालमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार