नेपाल टेलिकमले ल्यायो नयाँ अफर

  पत्रपत्रिका खबर  793 पटक हेरिएको

नेपाल टेलिकमको सी’मकार्डबाट अब विदेश गएका बेला पनि मोवाइल डाटा चलाउन पाइने भएको छ। टेलिकमले पोस्टपेड ग्रा’हकहरुलाई विभिन्न ८७ मुलुकका १९२ भन्दाबढी दूरसञ्चार सेवा प्र’दायक कम्पनीसँगको स’हकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराउने भएको हो। वैशाख १६ देखि जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि पनि छिमेकी मुलुकहरु भारत र चीनमा यस्तो रोमिङ सेवा दिइरहेको छ। टेलिकमले पोस्टपेड र प्रिपेडका ग्रा’हकलाई अन्तर्राष्ट्रिय रोमिङमा भ्वाइस र एसएमएस आदान–प्रदान गर्ने सुविधा मात्रै दिइरहेकोमा अब भने डाटा रोमिङ सेवा पनि दिने भएको हो।

टेलिकमले शनिबारदेखि नै छिमेकी मुलुक भारतमा अ’न्तर्राष्ट्रिय डाटा रोमिङ सेवा दिन सुरु गरेको एक विज्ञप्ती मार्फत जानकारी दिएको छ। अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवामा सामयिक परिमार्जन गर्ने उद्देश्यले विगतका दिनहरूमा सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा केही समय ब न्द भएको थियो। यस्तो सेवा पुनः सञ्चालनमा ल्याइसकिएको टेलिकमको भनाइ छ। टेलिकमले दिएको डाटा रोमिङ सुविधाबाट अब भारतमा जाँदा भ्वाइस र एसएसएमका साथै इन्टरनेट सेवा पनि उपयोग गन सकिने भएको छ।

शुक्रबारसम्म अन्तर्र्रािष्ट्रय रोमिङ सेवा क्रि’याशील अ’वस्थामा रहेका सम्पूर्ण पोस्टपेड तथा प्रिपेडका ग्रा’हकलाई यो डाटा रोमिङ सेवा स्वतः उपलब्ध हुनेछ। शनिबारदेखि अ’न्तर्राष्ट्रिय रोमिङ सेवा लिने ग्रा’हकहरुलाई भने सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा इन्टरनेट सेवा उपलब्ध हुनेछ। भारतमा मात्रै प्रयोग गर्न सकिने यस्तो डाटा रोमिङलाई टेलिकमले थप मुलुकमा पनि विस्तार गर्दै जाने प्रतिवद्धता व्यक्त गरेको टेलिकमकी प्र’वक्ता प्रतिवा वैद्यद्वारा शनिबार जारी गरिएको प्रेस वि’ज्ञप्तीमा उल्लेख छ। अन्नपुर्ण पोष्टबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार