सामाजिक अभियान्ता ओली महासचिवमा निर्वाचित

  मूलधारपोष्ट  774 पटक हेरिएको

बाजुरा-रेडियो बाजुरा सञ्चालक समिति अध्यक्ष एवं सामाजिक अभियान्ता लालबहादुर ओली शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको महासचिवमा निर्वाचित भएका छन् । तीन दशक देखि शिक्षा विकास र सामाजिक रुपान्तरणको अभियानमा सक्रिय ओली दशौं साधारण सभाबाट महासचिवमा निर्वाचित भएका हुन् । शिक्षा सरोकारको राष्ट्रिय नेटवर्कको महासचिवमा ओली मतदानबाट निर्वाचित भएका हुन् । यदशौ साधारण सभाले १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसमा अध्यक्ष डिल्लीराम सुवेदी निर्वाचित भएका छन् । यो देशका ५ सय बढी शैक्षिक सरोकार राख्ने संस्थाहरुको साझा नेटवर्क हो ।

समितिको उपाध्यक्षमा राजेन्द्र पहाडी र सान्त्वना देवकोटा के.सी, महासचिव लाल बहादुर ओली, सचिव सुदर्शन सिग्देल र कोषाध्यक्ष टिकाराम आचार्य छन् । भने सदस्यमा निवर्तमान अध्यक्ष कुमार भट्टरार्ई, शुभेन्द्रमान श्रेष्ठ, लवराज ओलीे, डा. आनन्द पौडेल, सत्या कुँवर रावल, कुन्ती राणा, डा. लक्ष्मी पौड्याल, पार्वती तामाङ, समिता मल्ल, लक्ष्मण शर्मा र दुर्गा गिरी चयन भएका छन् । साधारण सभाले प्रदेश समिति संयोजक पनि तोकेको छ ।

प्रदेश १ मा राजेन्द« प्रसाद ढकाल, प्रदेश २ मा राम प्रवेश शाह, प्रदेश ३ मा प्रकाश खतिवडा, गण्डकी प्रदेशमा इन्दिरा पौडेल, प्रदेश ५ मा हरि अधिकारी कर्णाली प्रदेशमा तुलाराम पाण्डे र सुदुरपश्चिम प्रदेशमा उद्धव सिंह ढाट संयोजकमा चिर्वाचित भएका छन् । नयाँ कार्य समितिको अवधी तीन वर्षका लागि हुने छ । एनसिई नेपालको विधान वमोजिम आगामी ३ बर्षे कार्यकालका लागि समिति गठन गरिएको महासचिव लालबहादुर ओलीले बताएका छन् । शिक्षा सरोकारका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरुको नेटवर्कको नेतृत्वगर्न पाउँदा खुसी लागेको र जिम्मेवारी कुसलता पूर्वक निर्वाह गर्ने ओलीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार