सामाजिक सद्भाव र विकासको मन्त्र बोकेका साइकल यात्री बाजुरामा

  मूलधारपोष्ट  177 पटक हेरिएको

बाजुरा- सामाजिक सद्भाव र विकासको मन्त्र सहीत साइकल यात्रामा हिँडेका अभियान्ता कर्ण श्रेष्ठ बाजुरा आइपुगेका छन् । भ्रष्टाचारको अन्त्य, सामाजिक सद्भाव र विकासमा सहकार्यको अपिल सहीत यात्रा सुरु गरेका श्रेष्ठले ६० औं जिल्लाका रुपमा बाजुरा पाइला टेकेका हुन् । श्रेष्ठले २०७५ साल चैत्र ३ गते आफ्नै गृह जिल्ला खोटाङबाट यात्रा सुरु गरेका थिए । राजनीतिक, सामाजिक, आर्थिक सबै क्षेत्रमा देखिएको बेथिती हटाउन दबाबका लागि देश व्यापी साइकल यात्रा थालेको पत्रकारसँग श्रेष्ठले बताएका छन् ।

संभावना बोकेको देशमा निराशा र विरोधका मात्र विषय सुनिनु राम्रो होइन्, यसका सबै नेपाली त्यसैमा पदमा बसेकाहरु थप जिम्मेवार हुनु पर्छ भन्ने आग्र्रह सहीत यात्रा थालिएका उनको भनाई छ । श्रेष्ठले जिल्लामा पुग्दा स्थानीय तहका जनप्रतिनिधी, उद्योग वाणिज्य संघ, नागरिक समाज र पत्रकारसँग छलफल गर्ने गरेका छन् ।

धार्मीक पर्यटन पहिलो समृद्धीको आधार हुनु पर्छ र भ्रष्टाचार अन्त्य पहिलो मुद्दा बन्नु पर्छ भन्ने मान्यता बोकेर हिँडेका श्रेष्ठले बाजुरामा पनि बडिमालिकाका नगर प्रमुख पदम बडुवाल सहीत जनप्रतिनीधी उद्योग वाणिज्य संघ र पत्रकारसँग छलफल गरेका छन् । देश हाम्रो हो, सबैले मिलेर बनाउँ हाम्रो रोग भ्रष्टाचार अन्त्य गरौ, भन्ने सन्देश फैलाउनकै लागि यात्रा नै सबैसँग आग्रह गर्र्न थालिएको श्रेष्ठको भनाई छ । यात्राको सन्देश सकारात्मक दबाब सिर्जनाका लागि भएको बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालले बताएका छन् । सुदुर पश्चिमका अछाम र बाजुरा पुगीसकेका श्रेष्ठले अरु ७ वटा जिल्ला र केही तराईका जिल्लाको यात्रा पछि असोजमा चितवनमा समापन गर्ने योजना बनाएका छन् । एक्लै यात्रामा हिँडीरहेका श्रेष्ठ आजै डोटी तर्फ लागेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार