रेडियो पौरखीमा ताला बन्दी

  मूलधारपोष्ट  463 पटक हेरिएको

पौरखी सञ्चार विकास सहकारीद्धारा सञ्चालित रेडियो पौरखीमा सञ्चालक समितिले ताला लगाएर बन्द गरेको छ । कर्मचारीको नयाँ व्यवस्था’ पन गर्ने भन्दै प्रशारण अवस्थामै रहेको बन्द गर्न कर्मचारीलाई निर्देशन दिएर बन्द गरेको खुलेको छ । सञ्चालक समिति अध्यक्ष रामचन्द्र यावद र सहसचिव सुरेन्द्र नाथले प्राविधिक कक्षमा बसेका राजेन्द्र रोकायालाई रेडियो बन्द गर्न आदेश सहीत कार्यालयमा ताला लगाएका हुन् । कार्यरत कर्मचारीलाई कुनै जानकारी नगराएर एकाएक बन्द गरेको पुराना कर्मचारी एवं प्राविधिक प्रमुख मानहादुर अयडीले बताएका छन् ।

रेडियो पौरखी बन्द बारे जानकारी नगराएपनि रेडियोको प्रशारण हिजो साँझ ४ बजेबाट बन्द छ । रेडियो सञ्चालनका लागि सहकारीमा ५ सय बढी सेयर सदस्य छन् । सेयर सदस्यहरुको लगानीमा प्रशारण भईरहेको रेडियो केही व्यक्तिको एकल निर्णयमा बन्द गरिएपछि बजारमा व्यापक चर्चाको विषय बनेको छ । वर्षौदेखि खाइ नखाई काम गर्दै आएका कर्मचारीलाई काम गरेको तलब सुविधा समेत पुरा नदीई एकाएक हटाउने षड्यन्त्रका साथ रेडियो बन्द गरिएको कर्मचारीको आरोप रहेको छ । अध्यक्ष रामचन्द्र यादवले भने कार्यरत कर्मचारीले रेडियो नियमति रुपमा संचालन गर्न नसकेको र सञ्चालकको निर्णय विपरित चलिरहेकोले नयाँ व्यवस्थापनका लागि बन्द गरिएको बताएका छन् ।

संस्थाको हितका लागि बाध्य भएर निर्णय लिन सजिलोका लागि मात्र गरिएपनि पूर्वाग्रह नभएको यादवले बताउनु भएको छ । तर पत्रकारका पेशागत संगठनले भने रेडियोमा कार्यरत कर्मचारीलाई हटाउने नियतका साथ गरिएको कार्यको विरोध गरेका छन् । नेपाली काँग्रेस निकट प्रेस युनियनले सञ्चालक समितिको निर्णय अन्यायपूर्ण भएको बताएको छ । कर्मचारीको पेशागत सुरक्षाको ग्यारेन्टी नगरिए न्यायका लागि आधिकारी निकायमा जाने तयारी गरिएको प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम रौलेले बताएका छन् । कर्मचारीले पत्रकार महासंघ सहीतका न्यायीक निकायमा जाने बताएका छन् । बर्षौसम्म तलब सुविधा समेत नलिएर काम गरेको रेडियोमा एकाएक विना कारण हटाउन खोजिएको प्रति आपत्ती जनाउँदै जागिरको ग्यारेन्टी नगरिए प्रक्रियामा अघि बढ्ने बताएका छन् ।

सञ्चालक समितिलाई निर्णय पुर्नविचार गर्न आग्रह गरेका छौं, नमाने प्रक्रियामा जाने प्रेस युनियनका सचिव प्रशान्तराज जैशीले बताएका छन् । नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंहले आधिकारीक जानकारी आए अध्ययन गरेर अघि बढ्ने बताएका छन् । केही महिना पहीले मात्र सहकारीको साधारण सभाबाट रामचन्द्र यादव नेतृत्वको सञ्चालक समिति चयन भएको थियो । यस अघि सञ्चालक समिति अध्यक्ष रहेका प्रेस युनियनका केन्द्रीय सदस्य दयाराम पण्डितले पद हस्तान्त्रणसँगै पार्टीको नासो पार्टीलाई फिर्ता पठाएको अभिव्यक्ति दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार