प्रह’री निरीक्षकनै गाैह’त्या प्रकरणमा प्र’काउ

  पत्रपत्रिका खबर  389 पटक हेरिएको

गौह’त्या प्रकरण छानविनका लागि नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक र चितवन ट्रान्सपोर्टका सञ्चालकलाई सुर्खेत प्रहरीले पक्राउ गरेका छ। नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बोगटी र चितवन ट्रान्सपोर्टका सञ्चालक विकी भनिने सत्रिप्त सिंह श्रेष्ठलाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो । बोगटी र श्रेष्ठलाई बाँके प्रहरीको समन्वयमा सुर्खेत प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी बसन्त रजौरेले जानकारी दिए। उनले दुवैजनालाई म्याद थप गरेर अनुसन्धान अघि बढाएको पनि जानकारी दिए ।

नेपालगञ्ज काञ्जी हाउसका गाईगोरु दैलेख लैजाने भन्दै ट्रकमा कोचेर सुर्खेततर्फ लगिएको थियो। तर भदौ १३ गते वीरेन्द्रनगरको कटकुवा र सुब्बाकुना नजिकैको भिरमा ३६ वटा मृ’त भेटिएका थिए। प्रहरीले यसअघि अनुसन्धानको क्रममा पाँचवटा ट्रकका पाँच चालक र दुई सहचालकसहित सातजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनिहरुलाई जिल्ला अदालत सुर्खेतले ट्रक चालक शत्रुधन चौधरी, दामोदर केसी, सागर विक, विवेक कुँवर, हिमबहादुर जिसी र सहचालक अमृत चौधरी तथा कृष्णबहादुर बिसीलाई गोवधमा अनुसन्धान गर्न म्याद दिएको हो । यसैबिच नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशम्सेर राणाले गाईको व्यवस्थापनका लागि धेरै काम गर्दागर्दै यो दुर्घटना भएको बताएका छन् ।

केहिदिन अघि पत्रकारहरुसँगको छलफलमा उनले नेपालगञ्जका नागरिकहरुको सहयोग समेत लिएर गाई व्यवस्थापनमा काम गरेको तर परिस्तीथीले यस्तो घटना घटेको बताएका हुन् । नगरप्रमुख राणाले बर्दियाको बाँसगढी नगरपालिका लगायतका स्थानीय तहले पहाडी जिल्लामा गाई पठाएको थाहा पाएपछि आफुहरुले पनि गाई दैलेख पठाएको बताए । ‘यो गौह’त्या नभई दुर्घटना हो, गाई भिरबाट खसालेर मारेको भन्ने प्रचारमा कुनै सत्यता छैन, ट्रकभित्र गाई मरेपछि आत्तिएर सँगै गएका कर्मचारीले छाडेका रहेछन्’, उनको स्पष्टोक्ति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार