को हुन यी नानीहरु ? जसको हराएको ४ महिनापछि कंकाल भेटियो , वहाँप्रति श्रदानजली

  मूलधार सम्वादाता  320 पटक हेरिएको

लमजुङ- करिब चार महिना अगाढी देखि  हराएका दुई स्कुले केटीहरुको कंकाल जंगलमा भेटिएको छ । लमजुङको सुन्दरबजार नगरपालिका ५, खहरेको विद्याज्योति माध्यामिक विद्यालय कक्षा ९ मा पढ्ने वर्ष १६ की प्रीति गुरुङ र १५ बर्षीया कृति गुरुङको शवका कंकालहरु भेटिएको प्रहरी जानकारी दिएको छ ।

सुन्दरबजार नगरपालिका वडा नं ५, स्थित थाक्ले सामुदायिक बनको हुँडखोलाको  भन्ने जंगलमा फेला परेको बताइएको छ । उक्त कंकाललाई लुगा, चप्पल लगायतको माध्ययमबाट स्थानीयले पहिचान गरेका थिए । कंकालको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टम हुन नसकी आइतबार शिक्षण अस्पताल महाराजगन्ज काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुन्दरबजार स्थित ईलाका प्रहरी कार्यालयबाट ५ किलोमीटर टाडाको दुरीको जंगलमा कंकाल फेला परेको बताइको हो । स्थानीयले हराएका २ जना विद्यार्थीको कंकाल रहेको पहिचान गरेका छन्  । विद्याज्योती विद्यालयका शिक्षक हस्तबहादुर गुरुङका अनुसार यी दुई विद्यार्थी निकै घनिष्ट र मिल्ने साथी हुन् । लमजुङको मालिङ घर भएका प्रीति सुन्दरबजार ७, सुन्दरबजारको मामा घर बसेर पढ्दै आएकी थिइन् ।

पुख्यौली घर सुन्दरबजार पारीपट्टी तनहुँको भानु नगरपालिका वडा नं १० मा पर्छ , रुपाकोट घर भएका कृति परिवारका साथ सुन्दरबजारमा बसेर पढ्दै आएकी थिइन् । शनिबारको दिन साउन २० गते बेंसीसहर नजिकैको आकाशे झरना घुम्न निस्किएका उनीहरु त्यसयता घर फर्केका थिएनन् ।

स्थानीय र प्रहरीले खोजी गर्दा पनि उनीहरु भेटिएका थिएनन् । घर परिवारसंग उनीहरुले मोवाइल लगेको विषयमा सामान्य भनाभन भएपछि सुन्दरबजार फर्केपनि घर नगई उनीहरु जंगलतर्फ गएको हुनसक्ने स्थानीयले बताएका छन् ।

शुक्रबार घाँसदाउरा गर्न गएका स्थानीयले उक्त कंकाल देखेपछि गाउँलेलाई खबर गरेका थिए । कटुसको रुखमा खदा गाँठो परेर झुण्डिरहेकाले उनीहरुले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् । प्रहरीले उनीहरुले आत्महत्या गरेको हुनसक्ने बताएपछि अनुसन्धान थालिएको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार