भार’तको महत्व’कांक्षी अन्तरिक्ष चन्द्रयान २ असफल

  एजेन्सी  256 पटक हेरिएको

भारतको महत्वकांक्षी अन्तरिक्ष अभियान चन्द्रयान–२ अन्तिम चरणमा आएर असफल भएको छ । चन्द्रयान–२ को विक्रम ल्याण्डर नेपाली समय अनुसार शनिबार बिहान पौने दुई देखि पौने तीन बजेको बिचमा चन्द्रमाको सतहमा अवतरण गर्नु पर्ने थियो ।तर चन्द्रयान–२ को विक्रम ल्याण्डरको सम्पर्क बैंग्लोरमा रहेको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन ९इसरो० को नियन्त्रण कक्षसँग अवतरणको केही समय पूर्व टुटेको हो । इसरोका अध्यक्ष के सिवनले भनेका छन्, ‘विक्रम ल्याण्डर योजना अनुसार नै अवतरणको क्रममा थियो, चन्द्र सतहबाट २।१ किलोमिटरको दूरीसम्म सबै सामान्य थियो ।

तर त्यसपछि सम्पर्क टुट्यो । हाल डेटाको समीक्षा भइरहेको छ । ’भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धी प्रत्यक्ष अवलोकन गर्न र हौसला बढाउनका लागि प्रधानमन्त्री नरेन्द्र मोदी बैंग्लोरमा रहेको इसरोको मुख्यालयमा गएका थिए । सबै राम्रो भइरहेको थियो, तर अन्तिम समयमा इसरोको केन्द्रमा तनावको अवस्था सिर्जना भएको र वैज्ञानिक चिन्तामा देखिएका थिए । केही समयपछि इसरोका अध्यक्ष प्रधानमन्त्री मोदी नजिक गए र अवतरण असफल भएको जानकारी दिए । प्रधानमन्त्री मोदी फर्किन लाग्दा इसरोका पूर्व अध्यक्ष के कस्तुरीरंगन र के राधाकृष्णनले उनको काँधमा हात राखेर सान्त्वना दिएका थिए ।

त्यसको केही समयपछि इसरोका अध्यक्षले वक्तव्य जारी गरेर इसरोसँग सम्पर्क टुटेको जानकारी दिएका हुन् ।प्रधानमन्त्री मोदीले वैज्ञानिकहरुसँग भने, ‘जीवनमा उतार चढाव आउँछन् । सम्पर्क टुट्ने बेलासम्म मैले देखिरहेको थिएँ । प्राप्त भएको उपलब्धी पनि सानो होइन । देशले तपाईँहरुसँग गर्व गरेको छ । यो अभियानले धेरै कुरा सिकाएको पनि छ ।’ विक्रम ल्याण्डरलाई पहिलो चन्द्रमाको कक्षमा रहेको अर्बिटरबाट अलग गर्नु पर्ने थियो र त्यसपछि सतह तर्फ लैजानु पर्ने थियो । ल्याण्डरमा रहेको प्रज्ञान नामक रोबर अवतरणपछि बाहिर निकाल्ने योजना थियो । चन्द्रयान–२ लाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने तयारी गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार