सात जन्मसम्म साथ दिने भनी विवाह गरेको ७ महिनामै घर निकाला

  मूलधार सम्वादाता  291 पटक हेरिएको

उर्लाबारी – शदियाैं देखिको लाचारी प्रथा हो दार्इजो प्रथा, देशमा कयाैं घोषणा मुक्त कार्यक्रम हुन्छन तर यो दाइजो प्रथा भने देशको एउटा कलङक् बनेको छ ।  तर पछिल्लो समयमा  देशका धेरैजसो स्थानहरूमा दाइजो बिरोधी बिबाह भइरहेका बेला मोरङको उर्लाबारीमा भने दाइजो नल्याएको भन्दै एक महिला घर निकाला भएकी छिन् ।

सात जन्मसम्म  साथ दिने प्रण गरी विवाह गरेर ल्याएको ७ महिनामा नै उर्लाबारी–२ भुसीकी गीता पौडेललार्इ घर बाट निकालीएकी हुन्। १८ वर्षीय गीताको गत बैशाखमा चन्द्रबहादुर पौडेलसँग विवाह भएको थियो ।

एसइइ दिएर उच्च शिक्षाको तयारीमा रहेकी गीतालाई पौडेलका बुवा तुल बहादुर लगायत घरपरिवारले पहिले विवाहको समयमा दाइजो नचाहिने बताएका थिए । तर, असारमा तुल बहादुरको निधन भएपछि सासु र श्रीमान् ले उनलाई मानसिक यातना दिन थालेका थिए ।

पौडेल परिवारले उनलाई यातना दिनुका साथै भैसीगोठमा राखेका थिए । पीडित गीता लाई माइतमा फोन सम्पर्क गर्न नदिने, धम्क्याउने, कुटपिट गर्ने गरेको बताइन् । उनले आफूलाई अन्याय भएको भन्दै न्यायका लागि पहल गरिदिन आग्रह गरिन् ।

उता, छोरीलाई घर निकाला गरेर पशुसरह गोठमा राखिएको खबरपछि माइतीपक्ष पुग्दा उनीहरूमाथि नै घरपरिवारले विभिन्न लाञ्छना लगाएको पीडित पक्षको भनाइ छ । हाल गीता उर्लाबारी–४ स्थित माइतमा आश्रय लिएर बसेकी छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार