पत्रकार प्रमित विकलाई क्रिया खर्च बाफत महाँसंघद्धारा सहयोग

  मूलधारपोष्ट  206 पटक हेरिएको

बाजुरा-नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले नागरिक रैबार डटकका समाचार संयोजक पत्रकार प्रमित विकलाई क्रिया खर्च बाफत ५ हजार रुपैयाँ सहयोग गरेको छ ।बुधबार पत्रकार महासंघका अध्यक्ष प्रकाश बहादुर सिंह, सचिव प्रेम विक र कोषाध्यक्ष नन्दा थापाले सयुक्त रुपमा पाँच हजारको चेक पत्रकार विकलाई हस्तान्तरण गरेका हुन् ।

पत्रकार विकका बुवा तुला लवारको गत साउन २९ गते दिउसो ३ बजे ४२ वर्षको उमेरमा गौमुल गाउँपालिका वडा नं. ६ बाम्नीस्थित आफ्नै घरमा असामयिक निधन भएको थियो ।

पत्रकार विकका बुवाको असामयिक निधनप्रति नेपाल पत्रकार महासंघ बाजुरा शाखाले शोक व्यक्त गर्दै पत्रकार विकलाई क्रियाखर्च बाफत रु ५ हजार सहयोग गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार