गल्तीलाई महसुस नगरी अघि बढ्यो भने उसलाइ फेरी ठूलो गल्ती गर्छ : परिणिती चोपडा

  एजेन्सी  295 पटक हेरिएको

बलिउड अभिनेत्री परिणिती चोपडाले फिल्ममा आफ्नो प्रतिस्पर्धी आफैं हुनुपर्ने बताएकी छन् । यी अभिनेत्रीका अनुसार हरेक फिल्ममा कलाकारले फरकफरक भूमिका निर्वाह गरेको हुन्छ । अघिल्लो फिल्ममा भन्दा कमजोर काम उसले गरेको खण्डमा ऊ आफैंसँगको प्रतिस्पर्धामा कामजोर साबित हुन्छ ।

त्यसैले आफूले जहिले पनि स्वयंलाई नै प्रतिस्पर्धी ठान्ने गरेको यी अभिनेत्रीले बताएकी छन् । आफूले अहिलेसम्म काम गरेको मध्य केही फिल्म फ्लप पनि भए, ‘लगातार मेरा तीन फिल्म फ्लप हुँदा पनि दर्शकले मलाई माया दिनु भनेको मेरो जिम्मेवारी अझै बढाएको हो । त्यसैले मैले त्यसलाई आफ्नो कमजोरी र गल्ती महसुस गरेर आफैंसँग अझ प्रतिस्पर्धा गर्दै राम्रो कामको प्रयत्नमा हुने गरेको छु ।’

आफूले हिट फिल्म दिएँ भनेर त्यसमै अल्झिनुभन्दा आउँदा दिनमा त्योभन्दा अझ हिट र राम्रो फिल्म कसरी दिने भनेर आफू त्यतातर्फ केन्द्रित हुने गरेको पनि यी अभिनेत्रीले बताएकी छन् । एउटा अखबारलाई आफ्नो सफलता र असफलताको कथा सुनाउने क्रममा यी अभिनेत्री सोमबार यसो भनेकी हुन् । राजधानी दैनिकमा खबर छ ।

‘मानिसले गल्तीबाट सिक्नुपर्छ र गल्तीलाई महसुस नगरी अघि बढ्यो भने उसले अझ ठूलो गल्ती गर्छ । मैले पनि केही फिल्ममा गरेको गल्ती र कमजोरीका कारण ती फिल्म राम्रा नभएपछि अब त्यस्तो काम गर्नुहुन्न भन्ने सिकें र आफूलाई हरेक फिल्ममा सच्याउँदै लगें ।’ यसरी आफूले आफैंसँग संघर्ष गरेर अघि बढ्न सकेको यी अभिनेत्रीले बताएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार