निदाउँदा पनी नेपालकै सपना देख्छु -प्रम ओली

  मूलधारपोष्ट  159 पटक हेरिएको

स्वास्थ्य उपचारका क्रममा सिंगापुर रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निदाउँदा नेपालकै सपना देख्ने गरेको बताउनु भएको छ। भिडियो कन्फरेन्समार्फत सरकारका मन्त्रीहरुसँग हिजो गरेको छलफल कार्यक्रममा उहाँले उक्त कुरा बताउनु भएको हो।

मन्त्रीहरुसँगको अन्तरक्रियामा उहाँको आफ्नो स्वास्थ्य अवस्था सुधारोन्मुख भएको समेत बताउनु भएको छ। प्रधानमन्त्रीले “म निदाउँदा नेपालमा र बिउँझदा मात्रै सिंगापुरमा भए जस्तो लागेको छ । ज्यान यता छ मन त्यता (नेपाल) मा छ । म स्वस्थ भएर चाँडै फर्कन्छु, ढुक्कले काम गर्नुस्” भनी निर्देशन दिनु भएको छ।

यसै विच सरकारका प्रवक्ता मन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाद्वारा उपचार जारी रहेको जानकारी दिँदै उहाँ हप्ता, दश दिनमा स्वस्थ्य भएर फर्कने बताउनुभयो । “प्रधानमन्त्रीको १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण भएको सबैलाई थाहा छ । त्यसको बेलाबेलामा नियमित फलो अप हुन्थ्यो, अहिले पनि भइरहेको छ”, उहाँले भन्नुभयो, प्रधानमन्त्रीसँग सोमबार हामीले सबैले कुराकानी गर्यौ, उहाँको स्वास्थ्य अवस्था अत्यन्त राम्रो छ । सात डोज औषधी दिनु पर्नेमा उहाँलाई दुई वटा डोज दिइ सकिइको छ।

उहाँलाई सातै वटा डोज दिनु नपर्ने पनि हुन सक्छ ।” उपचारबाट प्रधानमन्त्रीको स्वास्थ्य सुधार हुँदै गएको र आफ्नो बारेमा चिन्ता व्यक्त गर्ने सबैलाई उहाँले धन्यवादसमेत दिनुभएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार