बुढीगंगा जलविद्युत आयोजनाको इआइए तयार

  पत्रपत्रिका  216 पटक हेरिएको

बुढीगंगा जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन ९ईआइए० प्रतिवेदन तयार भएको छ। विस्तृत आयोजना प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाएको स्मेक इन्टरनेश्नलरउदय कन्सल्टेन्टले तयार पारेको वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनलाई अन्तिमरुप दिन वन तथा वातावरण मन्त्रालयले सर्वसाधारणको रायका लागि सार्वजनिक सूचना जारी गरेको छ। भदौ १० गते ३० दिनको सूचना जारी गर्दै आवश्यक राय सुझाव दिन मन्त्रालले सर्वसाधारणलाई आव्हानसमेत गरेको छ।

प्रतिवेदन अनुसार आयोजनाले वातावरणमा पर्न सक्ने प्रभावहरु न्यूनदेखि मध्यम खालका छन्। जसलाई उचित व्यवस्थापन गरेर प्रस्तावित आयोजना वातावरणीय हिसाबले सम्भाव्य रहेको उल्लेख छ। सुदूरपश्चिमको अछाम र बाजुरा जिल्लामा प्रस्तावित २० मेगावाटको बुढीगंगा जलविद्युत आयोजना क्षेत्र राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र, वन्य जन्तु आरक्ष, मध्यवर्ती क्षेत्र तथा वातावरणिय दृष्टिकोणले संवेदनशील क्षेत्रभित्र पर्दैन। आयोजना स्थल साँफे–मार्तडी सडकले जोडिएको छ।

आयोजना निर्माणको लागि ८० परिवारको १७।३४ हे। जग्गा अधिग्रहण हुने र यस बाहेक आठ हेक्टर निजी जग्गा अस्थायी रुपमा भाडामा लिइने र आयोजना निर्माणले १० परिवारहरुका छ वटा कच्ची घर तथा पाँच वटा गोठ अधिग्रहण हुने प्रतिवेदनमा उल्लेख छ। आयोजनाबाट १० प्रतिशतदेखि २५ प्रतिशतसम्म जग्गा पर्ने प्रभावित २५ परिवारका लागि कृषि सहयोग कार्यक्रम संचालन गरिनेछ। आयोजनाले ७५ प्रतिशतदेखि १०० प्रतिशतसम्म जग्गा पर्ने १० घर परिवारलाई एकपटकलाई आयआर्जनको नयाँरथप कार्य शुरु गर्न प्रति घरधुरी रु। २ लाख सहयोग उपलब्ध गराउने उल्लेख छ।

यस आयोजनाको वातावरणीय व्यवस्थापन कार्यको लागत रु। १४२।६२ मिलियन अनुमान गरिएको छ जुन आयोजनाको कुल लागतको २।६२५ हुन ऑउछ। यस बाहेक वातावरणीय परीक्षण कार्यको लागि रु। १।१७ मिलियन प्रस्ताव गरिएको छ। आयोजना क्षेत्रभित्र अछाम जिल्लाको साँफेवगर नगरपालिकाको वडा नं। ४, १३ र १०, मेल्लेख गाउँपालिकाको वडा नं। ४ र ८ तथा बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाको वडा नं। १० पर्दछन्। आयोजना प्रमुख सुर्यप्रसाद रिजालले परामर्शदाता कम्पनीबाट विस्तृत आयोजना प्रतिवेदनको प्रारम्भिक मस्यौदा प्राप्त भैसकेको जानकारी दिए।

चुच्चे असला, कत्ले, गर्दि, टेड, बाम, कालंच र सहर गरि कुल २५ प्रजातिका माछा पाईने नदीमा आयोजना निर्माण पछि माछाको उत्पादन घट्ने छ। असला माछा उत्पादन हुने नदीमा जलविद्युत आयोजना निर्माण हुँदा माछा उत्पादनमा कमी हुने भएकाले पानी कम हुने ६।८७ किलोमिटर नदी खण्डमा सात महिना सुख्खायाममा माछा मार्न रोक लगाएर असलाको प्रजनन् समय वर्षको दुई महिना मार्च र अप्रिलमा १।२ घन मिटर प्रतिसेकेण्ड पानी बाँधबाट छोडिने उल्लेख छ।

पानीको बहाव कम हुने क्षेत्र अर्दाली र बुढीगंगाको दोभानदेखि जलविद्युत गृहसम्म २० मिटरका एकदेखि डेढ मिटर गहिरा तीनवटा पोखरीजस्ता वासस्थानहरु निर्माण गनुपर्ने उल्लेख गरिएको छ। आयोजना निर्माणको लागि स्थायी रुपमा जग्गा अधिग्रहण हुन गई ४१।०६ मेट्रिकटन खाद्यान्नको उत्पादन तथा ५।९६ मेट्रिकन नगदे बालीको उत्पादनमा वार्षिक कमी भई प्रभावित परिवारहरुको जिवनयापनमा असर पर्न सक्ने प्रतिवेदनले औँल्याएको छ।

‘प्रतिवेदनको ड्राप्ट तयार भएर हामी सच्याउने क्रममा नै छौ’ रिजालले भने, ‘केही समयमा अन्तिम रुप पाउँछ।’ सम्झौताअनुसार प्रतिवेदन बुझाउने समय सेप्टेम्बर अन्तिमसम्म रहेको रिजालले जानकारी दिए। उनका अनुसार विस्तृत आयोजना प्रतिवेदन तयार भएलगत्तै आयोजना निर्माणको लागि तीनवटा खण्डमा टेण्डर खोलिने तयारी आयोजनाले गरेको छ। ड्याम साईड र टनेल निर्माण, पावर हाउस र जेनेरेटर निर्माण र सवस्टेशन ट्रान्समिटर लाईन निर्माण गरी तीनवटा फरकफरक टेण्डर खोलिने रिजालले जानकारी दिए।

प्रस्तावित बाँधको उचाई जग स्तरबाट ४४ मिटर तथा लम्बाई ८६ मिटर रहेको छ। यस आयोजनाको बाँध निर्माणपश्चात बुढीगंगा नदीमा २।०६ किलोमिटर। लामो तथा १३।४ हेक्टर क्षेत्रफल बराबरको जलाशय निर्माण हुनेछ। आयोजना अन्तर्गत ५।५८ किलोमिटर सुरुङ्ग, र एक सय ८५ मिटर लामो पेनस्टक पाइप हुनेछ। बिद्युत उत्पादनपश्चात पानीलाई टेलरेस मार्फत् पुनः बुढीगंगा नदीमा खसालिने छ। आयोजना निर्माणको कूल अनुमानित लागत आठ अर्ब र निर्माण अवधि चार वर्षको रहेको छ। आयोजनाले हालसम्म करिव ५५ करोड खर्च गरिसकेको छ। नेपाल समयबाट साभार ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार