तपाइ नयाँ काम गर्ने सोचमा हुनुहुन्छ भने यी कुरा अनिवार्य अध्ययन गर्नुहोस्

  एजेन्सी  310 पटक हेरिएको

कुनै पनि न*याँ काम गर्नु भन्दा पहिले यस्ता कुराहरूमा ध्यान दिनुहोस,तपाईलाई अवश्य सफलता मिल्ने छ । कुनै पनि नयाँ काम शुरु गर्नुअघि हामी प्रायः दुविधामा फँस्छौं – यस कामले सफलता देला कि नदेला।आचार्य चाणक्यका नीतिहरूलाई अनुसरण गर्दा चाहिँ कुनै दुवि*धा रहँदैन । चाणक्य प्राचीन भारतवर्षका बुद्धिमान्, चतुर र प्रसिद्ध अर्थशास्त्री थिए । उनले बताएका नीतिहरू अहिलेसम्म पनि सान्दर्भिक छन् ।

तीन सोच–कुनै पनि काम शुरु गर्नु*अघि मनमा यी कुरा खेलाउनुपर्छ ः काम शुरु गर्ने समय र स्थान, तपाईंको सम्पत्ति र समर्थन गर्ने मानिसहरू । क्षमताको लेखाजोखा–काम गर्ने आफ्नो क्षमता छ कि छैन, त्यसको लेखा*जोखा गर्नुहोला । गर्नुभएन भने तपाईं अवश्य खतरामा पर्नुहुन्छ । जिभ्रोमा नियन्त्रण–सफलता र असफलता जिभ्रो नियन्त्रणमा छ कि छैन भन्ने कुराले निर्धारण गर्छ । जति मीठो बोल्नुहुन्छ, तपाईंलाई त्यति धेरै फाइदा हुन्छ ।

दुश्मनलाई साथी बनाउने–मानिससँग राम्रो व्यवहार गर्नुभयो भने दुश्मन पनि साथी बन्छन् । यसो गर्नुभयो भने तपाईंलाई सफल हुनबाट कसैले रोक्न सकदैन । शरीरको हेरचाह==भगवानले दिएको उपहार हो शरीर । त्यसै*ले कुनै नयाँ प्रोजेक्ट शुरु गर्नुअघि आफू स्वस्थ छु कि छुइन हेर्नुस् । ज्योतिषीसँग परामर्श–काम शुरु गर्नुअघि विद्वान् ज्योतिषीसँग सल्लाह लिनु उपयुक्त हुन्छ । पत्नीसँग सल्लाह–विवाह गरेका पुरुषले नयाँ काम शुरु गर्दा श्रीमती*सँग सल्लाह लिनु उपयुक्त हुन्छ । आखिर उनी जीवनसंगिनी हुन् । उनले उचित सल्लाह नै दिन्छिन् ।

रहस्य लुकाउनुस्–काम शुरु गर्नु*अघि आफ्ना विचार कसैसँग पनि नबाँड्नुहोला । यसरी प्लान अरूलाई सुनाउँदा तपाईं कहिल्यै सफल हुनुहुन्न । अशिष्ट पनि बन्नु*पर्छ–जिन्दगीमा सफल हुनका लागि तपाईंले कडा निर्णय पनि लिनु*पर्ने हुन्छ । यसका लागि अशिष्ट व्यवहार गर्नुप–यो भने पनि पछि नपर्नुस्। एजेन्सी

अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ। यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ। महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ : बहाना बनाउनु-यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ। समस्यासँग भाग्नु-कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु-धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार