कक्षा ११ को Result सार्वजनिक गर्न ढिलाइ, बल्ल सम्परीक्षणको काम सम्पन्न

  मूलधार सम्वादाता  1099 पटक हेरिएको

काठमाडाैं-   परीक्षा भएको सात महिना सम्म पनि राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गर्न सकेको छैन । अहिले बल्ल सम्परीक्षणको काम चलिरहेको छ, अर्थात् अहिले सम्म कापी परीक्षणको काम मात्रै सकिएको बोर्ड श्रोतले जनाएको छ ।

यो अवस्था भनेको नतिजा सार्वजनिक गर्नु २ चरण अघिको काम हो । सम्परीक्षण सकुर रुजु र ईण्ट्रि गरेपछि मात्रै नतिजा सार्वजनिक हुन्छ ।

‘बाँकी काम सक्न कम्तिमा १५ देखि २० दिन लाग्छ’ उक्त श्रोतले भन्यो, ‘अनि बल्ल नतिजा सार्वजनिक हुन्छ ।’

नतिजा सार्वजनिक हुन ढिलाई हुँदा विद्यार्थीलाई दवाव बढ्दै गएको छ । परीक्षाफल प्रकाशित हुन जति ढिलो हुन्छ विद्यार्थीलाई उति दवाव पर्छ । परीक्षाफल प्रकाशित भएको एक महिना पछि मौका परीक्षा, त्यस पछि कक्षा १२ को परीक्षा, शिक्षा शास्त्र पढ्नेहरुको त्यही विचमा पर्ने एक महिने टिचिङ् प्राक्टिस आदीले गर्दा विद्यार्थीलाई थप बोझ हुने छ । तर विद्यार्थीको यो दवाव प्रति बोर्ड संवेदनशील देखिँदैन । तर, ढिलाई हुनुमा बोर्डले बिचमा परेको चुनावलाई बहाना बनाउँदै आएको छ ।

‘चुनावमा बोर्डका कर्मचारी र कापी परीक्षण गर्ने शिक्षकहरु नै खटेपछि कसरी हुनु रिजल्ट ?’ बोर्डका एक जना कर्मचारीले भने, ‘आफ्नो नियमित काम जारी राख्ने गरी ब्यवस्थापन गर्न बोर्ड प्रशासनले ध्यान नदिदाँ विद्यार्थी र अभिभावक मर्कामा परे ।’

नतिजा सार्वजनिक नहुँदा कक्षा १२ उत्तिर्ण भएर कक्षा ११ को आँशिक परीक्षा दिएका विद्यार्थी स्नातक पढ्नबाट बञ्चित हुने खतरा बढ्दै गएपछि बोर्डले चुनावकै विचमा गत मंसिर १८ गते आँशिकको नतिजा सार्वजनिक गरेको थियो ।

विद्यार्थीको भविष्य प्रति चिन्तित भएरै आँशिकको नतिजा सार्वजनिक गरेको बार्डका नियन्त्रक डम्बर कुमार बतासले बताए ।

‘हामी विद्यार्थीको भविष्य प्रति चिन्तित छौं, त्यसैले उनीहरुको पढाई नविग्रने हिसावमा आँशिकको नतिजा सार्वजनिक गरेका हौं’ उनले भने, ‘विचमा परेको चुनावले गर्दा कर्मचारी र शिक्षक उता खटिनु पर्दा ढिलो भएको हो, तर नतिजा जतिसक्दो चाँडै सार्वजनिक गर्ने गरी हामी द्रुत गतिमा तयारी गरिरहेका छौं ।’

स्थानीय तहको निर्वाचनका कारण पटक पटक मिति सार्दै असार १ गतेदेखि कक्षा ११ को परीक्षा भएको थियो । परीक्षामा सहभागी हुन देशभरबाट चार लाख ४९ हजार ५४ विद्यार्थीले फारम भरेका थिए । Result हेर्न यहाँ क्लिक गर्नुहोस्

@इडुखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार