अव खप्तडमा रिसोर्ट बन्ने

  मूलधारपोष्ट  283 पटक हेरिएको

सरकारले सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एव्म पर्यटकीय स्थल खप्तडमा रिसोर्ट बनाउने भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धर्तीको स्वर्गका रुपमा परिचित भएको खप्तडमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रिसोर्ट बनाउने घोषणा गरेको हो ।
सोमबार आफ्नो कार्य योजना सार्वजनिक गरेका पर्यटन मन्त्री योगेश भट्टराईले खप्तड सहित काठमाडौँ बाहिरका चार गन्तव्यमा रिसोर्ट बनाउने प्रक्रिया अघि बढाउने घोषणा गरेका हुन् ।

मन्त्री भट्टराईले अबको छ महिनाभित्र रिसोर्टको सम्भाव्यता अध्ययन गरी मोडालिटी तय गरिसक्ने घोषणा गरेका हुन्। मन्त्री भट्टराईले निजी क्षेत्रको सहभागितामा रिसोर्ट बनाइने बताएका छन् । उनले खप्तठ सहित पाथिभरा, शे–फोक्सुन्डो र रारा क्षेत्रमा लोन्ली इकोरिसोर्ट सञ्चालनकालागि सम्भाव्यता अध्ययत गरी मोडालिटी तय गरिने बताएका छन् ।

त्यस्तै गौरा पर्व हेरेर घर फर्किने क्रममा बैतडीमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउपालिका वडा नं ६ सित्तडका २६ वर्षीय दामोदर जोशीको शिद्धनाथ मन्दिरमा लागेको मेला हेरेर घर फर्किने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।

मेला हेरेर घर फर्किने क्रममा सोमबार साँझ ६ः३० बजे सिद्धनाथ मन्दिर नजिककैको भीरबाट लडेर करिब पाँच सय मिटर तल खसेका जोशी गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार