डडेल्धुराको हैजा १५ दिनपछि नियन्त्रण

  मूलधारपोष्ट  152 पटक हेरिएको

डडेल्धुराको परशुराम नगरपालिका–८ मा महामारीका रूपमा फैलिएको ‘हैजा’को प्रकोप १५ दिनपछि नियन्त्रणमा भएको छ । वडामा ८९ जनामा हैजा भेटिएको र अहिले नियन्त्रण हुनुका साथै खतरामुक्त रहेको सादनी स्वास्थ्य चौकी प्रमुख आनन्दकुमार यादवले बताएका छन् ।
जिल्लाको भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिका ८ का सानखोला, धादलीफाँटा र गोप्तेगाडा गरी तीन गाउँका ८९ जनामा प्रभावित भएका छन् । तर उनीहरू सबैको अवस्था खतरामुक्त रहेको स्वास्थ्य चौकी प्रमुख यादवले बताएका छन् ।

गत साउन २६ गते एक जनामा भेटिएको झाडापखलाले विस्तारै हैजाको रुप लिएपछि १५ दिनसम्म तिन गाउँका स्थानीय चिन्तित भएका थिए । ‘साउन २६ गते एक जनामा देखिएको थियो । १५ दिनपछि जनचेतनामूक कार्यक्रम गरी ८९ जना पुगेर नियन्त्रणमा आएको छ । भाद्र ८ गतेबाट एक जना पनि बिरामी आएका छैनन् ।

अहिले यस क्षेत्रमा स्वास्थ्य निर्देशनालय राजपुर डोटी, स्वास्थ्य कार्यालय डडेल्धुरा, परशुराम स्वास्थ्य शाखा र स्थानीय स्वास्थ्य संस्थाका गरी १६ जनाभन्दा बढी स्वास्थ्यकर्मी परिचालित रहेको परशुराम नगरपालिका(८ का वडाध्यक्ष गोविन्द बोहराले बताए। ‘स्वास्थ्य चौकी प्रमुख यादवको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले उपचार तथा जनचेतनामूलक कार्यक्रमसहित घर–घरमा पुगेका छन्’ अध्यक्ष बोहराले भने।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार