फेसवुकका मालिक जुकरबर्गको सफल बन्ने नयाँ तरिका

  पत्रपत्रिका खबर  329 पटक हेरिएको

तपाईं बसेको समाज मात्र नभएर संसारै बदल्ने साहस राख्नुहोस् । सीमाहरू भए तोड्नुहोस् । महत्वाकांक्षी हुनुहोस्, सकेसम्म ठूलै सपना देख्नुहोस्-केही गर्ने मार्गदर्शक सिद्धान्त तयार पार्नुहोस् । सानै भए पनि काम गर्नुहोस् । तर, सधैँ ठूलो सोच राख्नुहोस् । सपना पनि सधैँ विशाल देख्नुहोस् । आममानिसको जीवन सुधार्ने खालका काम गर्नुहोस् । केही कुरा तपाईंकै समयमा निर्माण गर्नुहोस् । ताकि, त्यसले संसारलाई केही सकारात्मक परिवर्तन गर्न सहयोग पु¥याओस् । आउने पुस्ताले पनि प्रेरणा लिऊन् ।

आफैँलाई प्रश्न गर्नुस्-‘मैले सबैभन्दा महत्वपूर्ण कुरा (काम) गरिहेको छु । के म सधैँभरि यसरी नै गरिहन सक्छु ?’ हरेक दिन आफैँले आफैँलाई प्रश्न गर्नुहोस् । तपाईंले गरिहेको काम सबैभन्दा महत्वपूर्ण हुनुपर्छ भन्ने मान्यता राख्नुहोस् । यो काम देश र समाजका लागि नगरी नहुने छ भन्ने सोच राख्नुहोस् ।

भावुक हुनुहोस् -तपाईं केही गर्नका लागि जन्मनुभएको हो । एकैचोटि ह्वात्तै धेरै पैसा आउने कामतिर मात्र ध्यान नदिनुहोस् । तपाईंले गर्ने काम जस्तोसुकै सानो या ठूलो किन नहोस्, त्यसमा तपाईं लगनशील र इमानदार हुन जरुरी छ । आफ्ना भावनालाई स्वतन्त्र छाड्नुहोस्, सिर्जनशील बन्नुहोस् ।

सीमा भत्काउनुहोस्, अघि बढ्नुहोस्-तपाईं बसेको समाज तपाईंलाई राम्रो र विशेष लागिरहेको हुन सक्छ । तर, यदि तपाईंले चाहने हो भने त्योभन्दा पनि राम्रो संसार सिर्जना गर्न सक्नुहुनेछ । तपाईं बसेको समाज मात्र नभएर संसारै बदल्ने साहस राख्नुहोस् । सीमा भए तोड्नुहोस् ।

मिहिनेत र कडा परिश्रम गर्नुहोस्-तपाईंले देखेको सपना वास्तविकतामा परिणत गर्न सम्भव भएसम्म सबै इफोर्ट लगाउनुहोस् । कुनै पनि काम सफल हुनका लागि मिहिनेत चाहिन्छ । त्यसैले कडा परिश्रम गर्नुहोस्, अवश्य सफल हुनुहुनेछ । आफ्नो लक्ष्य पूरा गर्न केही कुरा त्याग गर्नसमेत तयार हुनुहोस् ।

आफैँलाई विश्वास गर्नुहोस्-तपाईं आफ्नो क्षमतामा केही कमी छैन भन्ने महसुस गर्नुहोस् । अरूलाई आफूप्रति नकारात्मक भावना आउन नदिनुहोस् । आफू सही बाटोमा हिँडेपछि कसैको पनि परवाह नगर्नुहोस् । आलोचनालाई मनन गर्दै थप सुधारको माध्यम बनाउनुहोस् । यस्ता कुरा डायरीमा दिनहुँ नोट गर्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार