मृत्यु पश्चात् खोजी हुदैन

  मूलधारपोष्ट  663 पटक हेरिएको

सेतो कात्रोमा गोजि हुदैन ,।
मसानघाटमा रोजी हुदैन ।
किन तछाड मछाड गर्दैछौं ?
मृत्यु पश्चात् खोजी हुदैन ।।

जीवन अजम्बरी हुदैन ,।
एकनास सधैंभरी हुदैन ,।
के को घमण्ड गर्दैछौं ?
झुटो संसार जुनिभरी हुदैन ।।

त्यो मुर्दामा माया हुदैन ,।
अन्त्येष्टि पश्चात् छाया हुदैन ।
दुनियाँमा स्वार्थ मात्र किन ?
जाने दिन दैब पनि दायाँ हुदैन ।।

आउने कालको रुप हुदैन ,।
नलगेसम्म उ चुप हुदैन ।
किन तेरो मेरो अहंकार ?
जाने दिन कसैको रोकावट हुदैन ।।
समिक्षा बिष्ट- बुढिगंगा नगरपालिका ७ बाजुरा।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार