को हुन ति महिला ? जसले आफ्नै कोखबाट जन्म दिएको बच्चालार्इ खोला मिल्काइन्

  मूलधार सम्वादाता  309 पटक हेरिएको

नुवाकोट– संसारमा यस्ता आमा पनी छन् जसले आफ्नै पेटबाट जन्मेको बच्चालाई जन्मिने वित्त्तिकै खालामो मिल्काउन्छन् ।

त्यस्तै एउटा घटना नेपालकै नुवाकोट जिल्लामा पलाष्टिकको झोलमा नवजात शिशुको शव फेला परेको छ । नुवाकोटको विदुर नगरपालिका–८ बगुवा खोलाको किनारमा प्लाष्टिकको झोलामा नवजात शिशु (बालक) को शव फेला परेको हो ।

प्लास्टिकको झोलामा पोको पारेर फालिएको अवस्थामा शिशुको शव भेट्टिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीय बासिन्दाले खोला किनारमा प्लाष्टिकको झोलामा मृत बच्चा देखेपछि खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।

शिशु २४ घण्टा अघि जन्मेको र झोलामा पोको पारेर फ्याकिएकाले उसको मृत्यु भएको जिल्ला अस्पताल त्रिशूलीका चिकित्सकले जानकारी दिएका छन् । दोषीको खोजी भइरहेको र शव परीक्षणको लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको प्रहरीले जानकारी दिएको छ । >

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार