मारुनिको प्रचारमा देखिएको दृश्य

  पत्रपत्रिका खबर  704 पटक हेरिएको

यसै भदौँ १३ गतेबाट देशव्यापी रुपमा प्रदर्शन हुन लागिरहेको मारुनि फिल्मको प्रचारप्रसारका लागि अहिले निर्माण युनिट व्यस्त छ । पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहेको फिल्मको निर्माण युनिट चितवन पुगेको छ । यसअघि इटहरिमा कन्सर्ट भएको थियो ।

मारुनि फिल्मको गितमा नायक नायिकाहरुले प्रस्तुति दिएका थिए । नायिका साम्राज्ञी र पुष्पको नृत्यमा दर्शकहरु रमाएका थिए । चितवन पुगेर नायिका शाहले रवि लामिछानेको विषयमा पनि बोलेकि छिन् । उनले न्यायको जित हुने बताएकि थिइन् । कार्यक्रममा हजारौँ दर्शकको उपस्थिति थियो । चितवनको प्रचार भ्रमण सकिएपछि बुटवल र पोखरामा कार्यक्रम हुने छ ।

नवल नेपालको निर्देशनमा बनेको उक्त फिल्ममा त्रिकोणात्मक प्रेमकथा रहेको फिल्म युनिटले बताएको छ । सिनेमामा साम्राज्ञी र पुष्पसहित रेविका गुरूङको पनि मूख्य भूमिका रहेको छ । पुनम इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमामा दीपक बज्राचार्यरअर्जुन पोखरेलरकृष्ण काफ्लेको संगीत, संजय लामाको छायाँकन, गोविन्द फुयालरनवल नेपालको लेखन र मित्र डि गुरुङको सम्पादन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार