एक हप्तापछि साँफे मार्तडी सडक सञ्चालन

  मूलधारपोष्ट  87 पटक हेरिएको

बाजुरा- एक हप्तापछि साँफे मार्तडी सडकको द्धवारी क्षेत्रमा वैकल्पिक मार्ग निर्माणपनी बुधवार दिउसोबाट यातायात सञ्चालनमा आएको छ । पहिरोले भत्किएको क्षेत्रलाई केन्द्रीत गरी स्थानीयसँग सहमति गरेर नयाँ मार्ग सुरु भई गाडी सदरमुकाम मार्तडी सम्म नै नियमित सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताउनुभएको छ ।

पहिरोले भत्किएको करिव एक सय मिटर क्षेत्रलाई जोगाएर त्यसैको माथिबाट बाटो निर्माण गरिएको न्यौपानेले बताउनुभएको छ । सडक माथि पट्टी परेको टिकाराम पाध्यायको घर भत्काएर सोही घरलाई नै नयाँ मार्ग निर्धारण गरिएको छ ।

बाजुराको बुढीगंगा नगरपालिका–१ अम्कोट क्षेत्र नजिकै पर्ने द्धवारीमा गएको पहिराले सडकमा क्षति पुर्याएर यातायात सेवा नै बन्द भएको थियो । नयाँ मार्ग निर्माणमा क्षति भएका घर तथा जमिन र अन्न बालीको मूल्याकंन गरी नेपाल सरकारको नियम अनुसारको मुआब्जा र क्षतिपूर्ति दिईने भएको छ ।सडक सञ्चालन पछि बुधवार साँझबाट सदरमुकाम मार्तडीबाटै यातायात सेवा विभिन्न क्षेत्रमा छुटेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार