सामाजिक संजालमा मनोरञ्जनको पात्र बन्दै रबि लामिछाने

  टिकाराम वाेली  219 पटक हेरिएको

टिकाराम वाेली-शालिकराम पुडासैनीको आत्महत्या र रबि लामिछानेको पक्राउपछि सामाजिक सञ्जाल मिडिया हाउस र युटुब च्यानल लगाएत विभिन्न तरिकाले व्यक्त भएका विचार, आक्रोश र एक अर्को प्रतिको बचाउको कारणहरु सायद केहि नबोल्ने मान्छे पनि बोलेका छन् । नलेख्नेले पनि लेखेका छन् । सबैमा आक्रोश सहितको भनाइ फरक,फरक तरिकाले सामाजिक संजाल प्रयोगकर्ता विभिन्न मिडिया हाउस लागिरहेका छन् । कसैलेले रबि लामिछाने जसरी भएपनि रिहा हुनुपर्छ भन्दै सामाजिक संजाल मार्फत आक्रामक भनाइहरु व्यक्त गरिरहेका छन् ।

कसैले पुडासैनी आत्महत्याको कारण पत्ता लगाउनु पर्ने भन्दै सरकारलाई सत्यतथ्य छानबिनमा कडाइ गर्न अपिल गरिरहेका छन् । यतिबेला सबै क्षेत्र तातिरहेको छ । राजनीतिक रूपमा पनि राजावादीहरु रबि लामिछानेको बचाउमा सडक तताउने दाउमा छन् ।नेपाली काङ्ग्रेसका केहि नेताहरूको टिप्पणीहरु पनि रबि लामिछाने निर्दोष हुनुपर्छ भन्ने धारणहरु आएका छन्।सत्तारुढ दलका कार्यकर्ता र सुभचिन्तकहरु कानुनले सत्यतथ्य छानबिन गरि पुडासैनीको आत्महत्या सत्यतथ्य बाहिर ल्याउनुपर्छ भनिरहेका छन् ।स्वतन्त्र नागरिकको बिचारहरु पनि त्यहीँ पक्ष र बिपक्षेमा तर्क, कूतर्कहरु व्यक्त भै रहेका छन् ।त्यहीँ उत्पन्न घटना र व्यक्त भएका अनेक आक्रोश र एक अर्का प्रति घिर्नाको भावले बढिरहेको सामाजिक संजाल प्रयोगकर्ता अराजकतामा पुगेका छन् ।यस्तै अनेकौं आरोप र प्रतीआरोप आइरहेको बेला मैले पनि केहि नलेखी मन शान्त बनाउन सकिनँ।

सञ्चार माध्यम भनेको मानिसहरुको आँखा हो । हामीले छिटै विस्वास गर्ने ।र छिटै आक्रोश व्यक्त गर्ने पनि सञ्चार माध्यम नै हो ।सञ्चार माध्यमबाट आएका भएका र हुनेकुरा पनि हामीले अरुले भनेको भन्दा बढी मिडियामा आएको समाचारको आधारमा नै विस्वास राख्ने गर्दछौं । समाजमा घटेका हरेक राम्रो- नराम्रो घटनाको राज्य र नागरिकलाई सचेत र सुसूचित गराउने भुमिका पनि सञ्चार माध्यमले गरेको हुन्छ र सञ्चार माध्यमको दाइत्व पनि हो । राजनीतिक परिवर्तन देशको विकास र राजनीतिक पार्टीको भुमिका प्रतिको सवाल जबाफ गर्दै असल व्यवस्था सहि राजनीति नेतृत्वको खोजीमा सञ्चार क्षेत्र सधैं लागिरहेको देखिन्छ । त्यो सकारात्मक काम पनि हो ।

राज्यको नीतिनिर्माता सम्म सञ्चार माध्यमले बोलेका,राखेका र व्यक्त गरेका भनाइले लोकतान्त्रिक देशमा सुनाइ हुन्छ र हुनुपर्छ। मान्छे अन्यायमा परेकाको बेला राज्य सम्म पुग्न सकेनन् भन्ने पनि सञ्चार माध्यमको साहेताले मिडियाले न्यायीक आवाज राज्यको कान सम्म पुराउने काम गर्छन् । हरेक देशमा कानुन भन्दा माथि कोहि पनि छैनन् । तर यहाँ सकारात्मक कामको नाममा गलत काम त भएको छैन ।
आज यस्तै प्रश्न संग जोडिएको विषय रबि लामिछाने कहाँ पुगेर प्रश्न उठ्न थालेको छ । रबि लामिछानेले प्रस्तुत गर्ने कार्यक्रम ‘सिधा कुरा जनतासँग’ के कसरी प्रस्तुत भएको थियो पहिलो कुरा त्यो जान्न जरुरी छ ।

सञ्चार माध्यमको काम कर्तव्य भनेकै सत्यको खोजीमा लाग्नु ।अन्यायमा परेकालाई आफ्नो मिडिया मार्फत न्यायको आवाज बुलन्द गरिदिनु । राज्यले नदेखेको ठाउँमा पुगेर त्यहाँको सत्यतथ्य बाहिर ल्याउनु । समाजमा हुने भ्रष्टाचार,कमिसनको चलखेल,समाज र देशको यथार्थलाई आफ्नो मिडिया हाउसबाट जनतालाई सुसूचित गराउने दाइत्व पनि हो । मानवीय चेतनाको हिसाबले पनि सत्यको खोजीमा लाग्नु आम नागरिकको अधिकार हो ।आज समाजमा भएको व्यक्ति आतंक कुन पत्रकारीताको आधार भएको छ । रबि लामिछाने आज मिडिया हाउस, सामाजिक संजालमा मनोरञ्जन पात्रको रूपमा पर्दामा देख्न सकिन्छ । रबि लामिछानेका सुभचिन्तकहरु अन्धभक्तको रूपमा रबि लामिछानेलाई कानुन भन्दा माथि राख्न आरोप र प्रतिआरोप गरिरहेका छन् । कानुनलाई लुँगीसंग दाँज्ने ? रबि लामिछाने नै न्यायाधीश हो रबि लामिछाने जे बोल्छन् त्यहीँ नै सत्य हो भन्ने ।

माननीय धर्मभन्दा बाहिर गएर रबि लामिछाने माथिहुने आलोचनालाई मान्छेको सामाजिक संजालमा चरीत्र हत्या नै गरिदिने गतिविधिले रबि रबि लामिछानेको पत्रकारीतामा प्रश्न केन्द्रित भएको छ । पत्रकारको काम निरपेक्ष यथार्थलाई उजागर गर्नु पत्रकारिता हुन्छ । थुप्रै पटकको विवादमा रबि लामिछाने पर्नुको विषय र कारण के हुन् ? रबि लामिछाने एउटा कार्यक्रम चलाउने पत्रकार हो । तर यहाँ अलिक फरक भएको छ ।सामाजिक संजालमा अराजकता भित्रिएको छ ।त्यो अराजकताले न कानुन मान्छ ।न सरकारलाई मान्छ । न आलोचना सुन्न तयार हुन्छ ।

रबि लामिछानेका अन्धभक्तहरुले देखेको रबि लामिछाने यस्तो हुनुपर्छ । पुलिस प्रसासन पनि रबि लामिछाने । न्यायाधीश पनि रबि लामिछाने । सरकार पनि रबि लामिछाने । सामाजिक संजालको मालिक पनि रबि लामिछाने देख्ने सुभचिन्तकको भरोसामा जे पनि आफै देख्ने रबि लामिछाने ।आज अराजकता र सभ्यता नभएकाहरुको भिडमा हिरो बन्ने । शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्सान गरेको आरोप रबि लामिछाने माथी छानबिन भै रहेकोको समयमा ।

फ़ेरि त्यहीँ अराजकहरुको भिडमा हिरोको रोल खोज्दै छन् ।ज्ञानेन्द्र शाही रमेश प्रसाईहरु रबि लामिछाने निर्दोष हुनुपर्छ भन्दै कानुनी राज्यको विरुद्ध पर्दामा निस्केर रबि लामिछाने बचाउ आन्दोलनको नेतृत्व गरिरहेका छन् । शालिकराम पुडासैनी पनि यहीँ देशको नागरिक हुन्। एउटा पत्रकारले आत्महत्याको कारण रबि लामिछाने हो भनेर भिडियो बनाएर आत्महत्या गरेका छन् ।के आत्महत्या गर्न कसैलाई रहर लाग्छ र ? आत्महत्या कसैको रहरको बाटो कदापि हुन् सक्दैन । शालिकराम पुडासैनीले आँसुको थोपा बगाउँदै व्यक्त गरेको त्यो भिडियोले पनि बताउने गरेको आरोपको आधारमा रबि लामिछाने पक्राउ पर्नु गलत होरा ? ज्ञानेन्द्र शाही रमेश प्रसाई लगाएत किन न्यायाधीश बन्दै सडक तताई रहेका छन् । एउटा नेपालीले आत्महत्या गर्न बाध्य भयो आर्को नेपाली त्यहीँ पुडासैनीको आत्महत्यामा खुसी व्यक्त गर्दै सडकमा निस्केका छन् ।

यो कस्तो अचम्मको मान्छेले मान्छेको वेदना नबुझ्नेहरुको भिड भयो ? पुडासैनीको घरपरिवार आफन्त शाेकमा डुबेका छन् । कानुनले छानबिन गरिरहेको छ । शालिकरामको परिवारलाई यति ठुलो पिडा परेको बेला कति पिडा भएको होला । श्रीमान गुम्दाको पल । आज शालिकराम पुडासैनीको परिवारको ठाउँ तपाईंहरु भएको रबि लामिछाने भन्दै सडकमा आउनु हुन्थ्यो ?समवेदना त व्यक्त गर्न सक्नु भएन ? कमसेकम मान्छेको चरीत्र हत्या त बन्द गर्नुस् । तपाईंहरु आफै न्यायाधीश आफै अपराधीको फैसला गर्नुहुन्छ भन्ने त्यो भन्दा ठुलो अराजकता कहाँ हुन्छ ? अहिले एउटा अचम्मको जमात रबि लामिछानेको पक्षमा देख्न सकिन्छ । जसलाई जे पनि आरोप लगाई दिने । कसरी त्यो जमात तयार भयो ? आज रबि लामिछानेको ढाडमा टेकेर सरकार,पार्टीहरु,नेता,नेतृत्व सबैलाई असफल बनाएर रबि लामिछानेलाई दलाइ लामा बनाउने रबि लामिछानेको जनमत बढ्दै गएको छ । कुनै पनि घटनाको यथार्थमा पुग्न नखोज्नुको कारण के ?

आलोचना गर्ने छुट लोकतान्त्रिक देशमा सबैलाई हुन्छ ।जोसुकै व्यक्ति,पार्टी,नेता र सरकारको आलोचना गर्ने छुट सबैलाई छ । तर त्यो आलोचनाले तथ्य न्याय र यथार्थको बाटोमा छ कि छैन ।त्यो बुझ्न् अनिवार्य हुन्छ । अहिले भएका आलोचना,आरोप र प्रतीआरोप हेर्दा कसैको चरीत्र नै हत्या गरिदिने सबै त्यहीँ रबि लामिछाने र रबि लामिछानेका सुभचिन्तकले बोलेको मात्र सहि हुने ।अरुले आलोचना मात्र गर्‍यो भन्ने चरीत्र हत्या नै गरिदिने ।यो कस्तो र कहाँबाट भित्रेको संस्कृति हो ? कभर हेर्दा पसुपती नाथ जस्तै पवित्र देखिने” सिधा कुरा जनतासँग प्रस्तुत कार्यक्रम “भित्र हेर्दा भाङ तान्ने अर्धनग्न बाबाहरु जस्तै देखिने भएपछि ।

जहाँ चर्चा मिल्ने भिड देखिन्छ त्यहाँ जसरी पनि पुग्ने रबि लामिछानेको सिधा”कुरा जनताको कार्यक्रम भिडमा उभिने पीडितहरुले न्याय पाएको कुरा सत्य हो । भीडभाड भएको दुई चारजनाले पुस्प गुच्छा र फुलको मालामा बसेर रवि लामिछानेले गरेको काम कर्तव्य पनि सबैलाई थाहा भएको कुरा हो । न्याय समानता र मुक्ति बाटो भन्दा पनि सामाजिक संजालमा भाइरल बन्ने लोकपि्रयताका साथ रबि लामिछानेले सिधा कुरा जनता संग कार्यक्रम चलाएका थिए । अरु पत्रकार भन्दा रबि लामिछाने कसरी एक्कसी चर्चामा आए। सामाजिक प्रयोगकर्ताको भिडमा उनले सिधाकुरा जनता संगको कार्यक्रम पुराउनु नै उनको चर्चाको आधार बन्यो ।

सामाजिक संजाल प्रयोगकर्तालाई विस्वासमा ल्याउन सफल भए । रबि लामिछानेको आलोचना भयो भन्ने त्यसको प्रतिवाद गर्ने भिडलाई चाहिएको खुराकको लोकपि्रयतामा कमि हुन पाएन । चर्चा कै पछि कुदिरहेका रबि लामिछानेले । सत्य र असत्यको अध्यन नै गर्न चाहेनन् । शक्ति बढ्दै जादा सामाजिक संजाल र मिडिया हाउसमा लोकपि्रयता एकपछि आर्को चर्चा हुदै जादा रबि लामिछानेमा महत्त्वाकांक्षा बढ्दै गयो । त्यहीँ चर्चाको महत्त्वाकांक्षा र घमण्डले आफुले जे गरेपनि सत्य मै हु भन्ने अहमतामा रहिरहनुले आज नेपालको पुरै सामाजिक संजाल र केहि मिडिया हाउस नै अराजक गतिविधि बढेको छ । अरुको आवाज नसुन्ने रबि लामिछानेले अपराध गरेपनि ठिक हुने त्यो भन्दा ठुलो अराजक कहाँ हुन्छ ? सरकार,पार्टी, नेता, र नेतृत्वमा जनताले राखेको अपेक्षामा विश्वास गम्दै जादा । नागरिकको नजरमा ठिक र सहि हाम्रो लागी हो हुन् सक्छन् भन्ने अपेक्षा लामो समय सम्म प्रतीक्षा गरिरहेका केहि नागरिकको नजरमा ।सहि ब्याक्तित्व आकाशबाट आए जसरी पर्दामा एक्कसी आएको कार्यक्रम हो रबि लामिछानेको चर्चा । केहि यथार्थलाई बढाई चढाई कृत्रिम रूपमा तयार पारिएको कार्यक्रमले पारेको प्रभाव र आतंक हो सिधाकुरा जनता संगको प्रस्तुत कार्यक्रम ।

यथार्थ भन्दा बढी लोकपि्रयताको हावा चल्नुपर्छ भन्ने सोचाइले पारेको प्रभाव पनि हो ।त्यहाँ प्रस्तुत भएका कार्यक्रमको प्रस्तुति हेर्दा सस्तो लोकपि्रयतामा डुबेको पकै देखिन्छ । सिधा कुरा जनतासँग कार्यक्रमको नाम नै लोकपि्रयताका साथ राखिएको छ । लामो राजनीतिक परिवर्तन पछि पनि समाजमा रहेको तमाम उत्पीडनको जालोले भरिएको फाइदा रबि लामिछानेले उठाएका छन् । जनतालाई सरकार, राजनीतिक र नेताहरूमा विस्वास गुम्नुको कारण पनि हो अहिलेको अराजकता । सबै समस्या रबि लामिछानेको कार्यक्रमले हल गर्छ भन्ने मनोवृत्ति केहि नागरिकमा रहेको पाइयो । रबि लामिछानेले पनि त्यहीँ अन्योलमा रहेका केहि नागरिक र राजावादीहरुलाई त्यो कार्यक्रमले मन जितेर रबि लामिछाने प्रतिको विश्वास बढाउन सफल भएका छन् । कारण पछिको यथार्थमा पुग्दा अहिले रबि लामिछाने सामाजिक सञ्जालमा पनि छताछुल्ल मनोरञ्जनको पात्र भएका छन् ।

शालिकराम पुडासैनीले संसार छोड्दा कसैलाई पिर परेको छैन । रबि लामिछानेले दुईचार दिन माइक्रोफोन छोडदा जताततै भक्तजनहरु रुवाबासी पोख्दै छन् । के यहीँ हो सभ्य नागरिकको परिचय ? कहिले सिधा कुरा भुत संग कहिले सिधा कुरा लास संग !”आज सिधा कुरा लासमा उभिएको छ ।त्यो भिडियोमा बोलिरहेका बोल्दै गर्दा आँखा बाट बगिरहेको आँसुको धाराले पनि त्यहाँ पिडा सहित व्यक्त भिडियो साच्चिकै केहि रहस्य पकै देखिन्छ । म आग्रह गर्दछु मोरेको लासलाई घिर्ना गरेर सत्यतथ्य लुकाएर । त्यस्ता घटना फ़ेरि न घटुन भन्ने सबैको चाहना हो । मान्छेले हजारौं कठिनाइमा पनि आफ्नो अमुल्य ज्यान गुमाउन चाहदैनन् । त्यहीँ अमुल्य ज्यान गुमाउने सालिकराम पुडासैनीको लासमा खुसियाली मनाउने तपाईंको भक्तहरुमा धैर्यताको पाठ सिकाउन सक्नु भएन ।

बाच्नलाई मुस्किल बनाउने ! मोर्नलाई बाध्य बनाउने रबि लामिछाने होइनन् भन्ने ।छानबिन मै किन डराएका छन् । अराजकहरुको मात्र प्रिय मान्छे होइन छानबिनलाई सहज बनाई सबैको प्रिय मान्छे बनाउने कि ? एउटा पत्रकारको काम र कर्तव्य पनि हो सत्यतथ्य छानबिन प्रती विस्वास गर्नु। त्यहीँ सत्यको माइक्रोफोनमा दाग लाग्न खोजेको छ । आज बचाउको आन्दोलनमा लाग्ने स्वतन्त्र नागरिक मात्र कदापि छैनन् ।त्यहाँ विभिन्न चर्चा र आफ्नो राजनीतिक जनमत बटुल्ने पात्र र प्रबृत्ति सहज रुपमा देख्न सकिन्छ । आलोचना र विमति सहन नसक्नेहरुले धेरै दिन साथ दिन सक्दैनन् ।त्यो कुरा रबि लामिछानेहरुका विस्वास पात्रहरुले बुझ्न् जरुरी छ । झुटले जितेर सत्य डराएको कदापि होइन ।सत्यलाई असभ्य बनाएपछि थोरै दिन मात्र असत्यको हावा चलेको मात्र हो ।

सत्य बोल्नेहरुले आत्महत्या गर्नु पर्ने र झुट बोल्नेहरुले रजाइँ गर्नुपर्ने कल्पना कसैको हितमा हुदैन। कसैको हत्या कसैको कारण हो भन्ने अहिले बचाउ को कुनै अर्थ छैन । सचेत नागरिकको आवाज सत्यतथ्यमा हुनुपर्छ । दाेषि नभए सं-संमान रिहा ।र दाेषि भए कडा कार्वाही हुनुपर्छ ।बिरोध र समर्थन चर्चा र परिचर्चामा होईन ।यथार्थमा गराैं । ज-जसको प्रिय मान्छे भएपनि कानुनले गर्ने यथार्थमा विस्वास गराैं । घटनाले कटघेरामा उभाएपछी । त्यहाँबाट आउने सत्यतथ्य सबैले मान्ने आट गराैं । असभ्य बकबासको अत्य गराैं । अराजकताले निम्ताएको परिणाम सामाजिक संजालमा रबि लामिछाने मनोरञ्जनको पात्र भएका छन् । असभ्य बहस गर्दा पनि ख्याल गराैं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार