स्तन लुकाउन ब्रा संकलन

  एजेन्सी  399 पटक हेरिएको

रियानन डोनाल्डसन हरेक महिला ब्लु माउन्टेनस्थित आफ्नो घरबाट लामो दुरी पार गरेर सिड्नीसम्म यात्रा गर्छिन् । उनी ब्रा दिनका लागि सिड्नी जान्छिन् । उनी तीन वर्षदेखि अपलिफ्ट प्रोजेक्टका लागि ब्रा दान गरिरहेकी छन् । अपलिफ्ट त्यस्तो संस्था हो, जसले ब्रा उपलब्ध नहुने महिलाहरुका लागि ब्रा उपलब्ध गराउने काम गर्दै आएको छ ।

डोनाल्डसन भन्छिन्, ‘ब्रा नहुने र सही साइजको ब्रा उपलब्ध नहुनाले महिलाले ठूलो परेशानीको सामना गर्नुपर्छ ।’ यो पहलको सुरुवात सन् २००५ मा मेलबर्नकी लिज बेकरले गरेकी थिइन् । यो संगठनले पछिल्लो १४ वर्षमा २५ लाख ब्रा दान गरिसकेको छ । डोनाल्डसनले आफ्नो घरबाहिर ब्रा संकलनका लागि स्टोर खडा गरेकी छन् । यहाँ जम्मा हुने ब्रा संसारका २० भन्दा बढी देशमा पठाइन्छ ।

जसमा प्रशान्त द्वीप, दक्षिण पूर्वी एसिया, अफ्रिका र अस्ट्रेलिया समेत रहेका छन् । यी देशमा अन्डर गार्मेन्ट या त महंगा छन्, या उपलब्ध पनि छैनन । अपलिफ्ट प्रोजेक्टकी संस्थापक बेकरका अनुसार अधिकांश अस्ट्रेलियाई महिलासँग यस्ता ब्रा हुन्छन्, जुन प्रयोग गर्न असहज भइरहेका हुन्छन् । जसलाई फ्याँक्न पनि सक्दैनन् । डोनाल्डसन ब्रा संकलन गरेपछि महिलालाई आवश्यक साइजअनुसार छान्छिन् । स्पोर्टस् ब्रा गरिब देशका स्पोर्टस् टिमका लागि पठाइन्छ ।

यस्तै सानो कप भएको ब्रा फिलिपिन्सका महिलाका लागि पठाइन्छ भने ठूला साइजका ब्रा अफ्रिकी देशमा पठाइन्छ । रिपोर्टका अनुसार ब्रा उपलब्ध भएपछि पपुवा न्युगिनी, सोलोमन आइल्यान्ड, फिजीजस्ता देशमा युवा महिलाको जीवनमा परिवर्तन आउँछ । रिपोर्टका अनुसार यी देशका महिलाहरु आफ्नो स्तन लुकाउनका लागि स्कुल पोसाकभित्र तीनवटासम्म टिसर्ट लगाउँछन् । एजेन्सीको सहयोगमा ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार