काँग्रेस सभापति मल्लमाथि कारबाही हुने

  पत्रपत्रिका खबर  187 पटक हेरिएको

सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लमाथि कारबाही हुने भएको छ। उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीको माग भएपछि उनीमाथि कारबाही हुन लागेको हो। डडेल्धुराका ४० जनाभन्दा बढि नेताहरुले पार्टी सभापति शेर बहादुर देउवालाई मल्लमाथि कारवाहीको माग सहित ज्ञापन पत्र बुझाएका थिए।

मल्ललाई कारबाही नगरे आफूहरु पार्टीमा सक्रिय नरहने चेतावनी सहित पार्टी सभापतिलाई बुझाईएको ज्ञापन पत्रमा पार्टी सभापति देउवा सहभागी कार्यक्रममा कुर्ची प्रहार गर्न लगाएको, देउवा पत्नी आरजुका बिरुद्ध जथाभावी कुरा बोल्ने गरेको, स्थानीय निर्वाचनमा पार्टीलाई हराउन लागेको, पार्टीलाई जिल्लामा कमजोर बनाएको लगायतका आरोप मल्लमाथि लगाईएको छ।

भानु देउवाको गतिबिधिप्रति समेत असन्तुष्टि जनाएका ती नेताहरुलाई उनलाई स्वकीय सचिवबाट हटाउन समेत पार्टी सभापति देउवालाई दवाव दिएका छन्। पार्टी सभापति देउवाका बिरुद्ध मल्लले विभिन्न गतिबिधि गरेपनि मल्ललाई देउवाले कारबाही गर्न आनाकानी गर्दै आएका थिए। मल्ललाई प्रदेश सभाको टिकट नदिन डडेल्धुराका नेताहरुले गरेको दवावलाई नकार्दै सभापति देउवाले मल्ललाई टिकट दिएका थिए। विगतमा पार्टी सभापति देउवा निकट् मानिएका मल्ल पछिल्लो केही वर्षयता आरजु राणाका कारण देउवासंग टाढिएको र उनका बिरुद्ध सक्रिय रुपमा लागेको नेताहरुले आरोप लगाएका छन्।

जिल्ला सदरमुकाम अमरगढीमा समेत काँग्रेस हार्नुको मुख्य कारण मल्ल नै रहेको आरोप लगाईएको छ। ज्ञापन पत्र बुझ्दै पार्टी सभापति देउवाले मल्ललाई कारवाही गर्ने आश्वासन समेत दिएको एक नेताले बताए। बुढानिलकण्ठ निवासभन्दा बाहिर भएको सो बैठकमा देउवाका स्वकीय सचिव भानु देउवालाई भने सहभागी गराईएको थिएन।

महिला संघका कारण पनि काँग्रेस डडेल्धुरामा विवाद बढ्दै गएको थियो। सोही विषयमा पार्की कार्यालयमै महिला संघका पदाधिकारीमाथि कुटपिट भएको थियो भने मल्ल पक्षले कुटपिट नभई पार्टी कार्यालयमा तोडफोड गरेको आरोप लगाउँदै आएको थियो। सोही विषयमा मल्लले समेत आफ्नो पक्षमा ६० जिल्ला सभापतिको विज्ञप्ती निकाल्न लगाएका थिए। दिनेश खबरमा समाचार छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार