संचारकर्मी रवि लामिछानेलाई अर्को तनाव अमेरीकाबाट आयो यस्तो चिठ्ठी

  पत्रपत्रिका खबर  1595 पटक हेरिएको

संचारकर्मी रवि लामिछानेलाई अर्को तनाव थपिएको छ । अमेरिकामा रहेको घरको किस्ता नतिर्दा उनको घर लिलाम हुने भएपछि तनाव थपिएको हो । ईशासँगको २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका लामिछानेले पत्नी इसासँग डिभोर्स गर्दा अमेरिकामा उनी बस्ने घर, उनीहरुको खर्चपानी, सन्तानको जिम्मा लिने कागजमा सही गरेका थिए ।

तर पूर्व पत्नीसँग डिभोर्स गर्दाको कागज बमोजिम घरको किस्ता र छोरीको कलेज फि नतिरेका कारण घर खाली गर्न जुन १० तारिखमा अमेरिकाको मेरिल्याण्डको कानून अनुसार सूचना जारी भएको थियो ।

जसमा लामिछानेले घरको किस्ता नतिरेका कारण तत्काल तिर्न भनिएको थियो । एक भन्दा बढी किस्ता नतिरेका कारण लामिछानेको घर लिलामिको खतरामा रहेको सूचनामा जनाइएको थियो । सम्झौता अनुसार एक भन्दा बढी किस्ता नतिरेका कारण तत्काल तिर्न सूचना जारी गरिएको थियो ।

रवि लामिछाने यतिवेला चितवन प्रहरीको नियन्त्रणमा रहेका छन् । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनले जिल्ला अदालतमा पेश गरेको थियो । अदालतले थप अनुसन्धानका लागि लामिछानेसहितका तीन जनालाई पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । फोटा खवरहवबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार