राज्यबाट ठगिएका एसएसपी खनाललार्इ सधैका लागि छोडेर गइन् कामना,

  मूलधार सम्वादाता  1194 पटक हेरिएको

काठमाडाैं-  राज्यबाट ठगिएका नेपाल प्रहरीका पूर्व एसएसपी यादवराज खनालमाथि ठूलो बज्रपात परेको छ । उनी पत्नी शोकमा परेका हुन् ।

उनकी धर्मपत्नी कामना खनाल भट्टको ५१ वर्षको उमेरमा बिहीबार निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित कामनाले अकालमै मृत्युवरण गरेकी हुन् । अहिले खनाल परिवार शोकमा डुबेको छ ।पूर्व एसएसपी खनाल शक्तिकेन्द्रको कोपभाजनमा परी जबर्जस्ती अवकाश लिन बाध्य बनाइएका प्रहरी अफिसर हुन् । राज्यबाट ठगिएका उनलाई भाग्यले पनि ठगेको छ । उनकी पत्नी कामनालाई दैबले चुँडेर लग्यो ।

भारतले प्रचण्डलाई प्रधानमन्त्री तपाई बन्नुहोस् भन्दा प्रचण्डले यस्तो जवाफ दिए

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बन्न भारतले प्रस्ताव गरेको छ । माओवादी केन्द्र निकट स्रोतका अनुसार नेपाली काँग्रेस, मधेस केन्द्रित दलहरुको लगायतको समर्थन प्रधानमन्त्री बन्न अध्यक्ष प्रचण्डलाई भारतले प्रस्ताव गरेको थियो ।

पछिल्लो समय एमाले र माओवादी केन्द्रको एकताको विषयलालाई लिएर भारतमा तनाव भएको छ । यदि एमाले र माओवादी केन्द्रको मिलन भएर सरकार बन्यो भने भारतलाई ठूलो क्षति पुग्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।भारतीयहरुको बाम गठबन्धनले लिएको स्थान र सम्भावित एकतालाई भत्काउने षडयन्त्रको रुपमा यस्तो प्रस्ताव ल्याइएको हुनसक्ने बताईको छ । यद्यपी अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव ठाडै अस्विकार गरेका छन् ।

प्रस्तावको जवाफमा प्रचण्डले प्रधानमन्त्री को बन्ने भन्ने नेपालको आन्तरिक विषय भएकाले नेपालका दलहरु नै उक्त निर्णय गर्न सक्षम रहेको बताएका थिए ।

प्रचण्डले नेपालको अन्तरिक मामिलामा बाह्य हस्तछेप अस्वीकार्य रहेको र बाम गठबन्धनले निर्वाचनअघि नै एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेकाले अबको प्रधानमन्त्री ओली नै हुने उनले भारतीय पक्षलाई स्पष्ट पारे ।

यसै बिषयलाई लिएर प्रधानमन्त्री देउबा गए शुक्रबार प्रधानमन्त्री भेट्न बालुवाटार पुुगेका प्रचण्डलाई प्रधानमन्त्री मान्न कांग्रेस तयार रहेको बताएका र जवाफमा प्रचण्डले अस्वीकार गरेको बाहिर आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार