आजदेखि ३ दिनसम्मको माैषम विवरण (बाढी पूर्वानुमान बुलेटिन सहित)

  मूलधारपोष्ट  453 पटक हेरिएको

काठमाडाैं- आज (सोमबार) देखि तीन दिनसम्म देशका विभिन्न स्थानमा मेघ गर्जन/चट्याङसहितको वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन्। साथै आगामी तीन दिनसम्म देशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको छ। महाशाखाका अनुसार आज देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा हुने सम्भावना छ। यसैगरी पश्चिम पहाडी भूभाग तथा पूर्वका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाले २४ घण्टे चेतावनी जारी गर्दै भनेको छ– चट्याङबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक वृद्धि हुन सक्ने भएकाले नदी आसपासमा रहनेहरू सतर्क रहुनुहोला। यसका साथै सडक यातायातमा पहिरो/भूक्षयका कारण अवरोध आउन सक्ने भएकाले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।

महाशाखाका मौसमविद् समीर श्रेष्ठले आज दिउँसो देशैभर आंशिकदेखि सामान्यसम्म बदली हुने र पश्चिम र मध्य क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको बताए। यसैगरी पूर्वका एक/दुई स्थानमा पनि मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको उनले बताए।

यस्तो छ महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिन :
देशभर समग्र मौसमको अवस्था । हाल देशको पश्चिमी भूभागमा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा भईरहेको छ साथै मध्य तथा पूर्वी भूभागमा आंशिक बदली छ । आगामी तीन दिनको मौसम पूर्वानुमान ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार