जनताको मन जित्दै दलित महिला उप-प्रमुख

  मूलधारपोष्ट  252 पटक हेरिएको

बाजुरा-पछिल्लो छोटो समयमा एका एक राजनितीक चर्चाको पर्दामा आएकी बाजुरा जिल्ला त्रिवेणी नगरपालीका बडा नं ३ की राधीका सुनार जनताको मन मस्तिष्क र जनताको आँखामा भिजन सफल बनेकी छन् । जिल्लाका नौ वटा स्थानीय तह मध्यम त्रिवेणी नगरपालीका को उनी उपमेयर रहेकी छिन् । राधिका सुनार नौ वटा स्थानीय तह मध्य उनि एक मात्र दलित उपमेयर हुन ।सुनार राजनितीक यात्रामा आउनुभन्दा पहिले त्रिवेणी नगरपालीका वडा न ३ पुर्वुतामा रहेको. मष्टेश्वारी माध्यामीक विद्यालयमा शिक्षीण पेशा गर्दै आएकी थिईन् ।

सुनारको राजनितीक यात्रा
सुनारको श्रीमान राम बहादुर सुनार नेपाली कांग्रेस बाजुरा जिल्लाका युवा नेता रहेका थिए । राम बहादुर सुनार नेपाली कांग्रेसको जिल्ला कार्य समिती सदस्य तथा बाजुरा जिल्ला दलित नेटवर्कका अध्यक्ष समेत रहेका सुनारको २०७३ जेठ १५ मा निधन पछि श्रीमान को सुनारको सपना साकार गर्नको लागी उनको श्रीमती राधिका सुनारले २०७३ सालमा आफनो शिक्षण पेशा छोडी राजनितीक यात्रामा लागेकी हुन ।

सुनारले शिक्षण पेशा छोढे लगतै उनी नेपाली काग्रेस त्रिवेणी नगरपालीकाको उपमेयरको टिकट पाउन सफल भइन । उपमेयरको टिकट पाएपछि त्रिवेणी नगरपालीका मा उनी जन निर्वाचित हुन सफल बनिन् । सुनारले निर्वाचनमा आफुले प्रतिबद्धता गरेका कुराहरुलाई पहिलोप्रथामीकतामा राखेर काम गर्दै आएको बताएकी छिन् ।

उनको त्यो मात्र नभएर भद्र स्वभाबको कारण जनता उनी प्रति निकै खुसी बनेका छन् । उनको त्यो भद्र स्वभाबले गर्दा सबै त्रिवेणी बासीहरुको आँखामा भिजन सफल बनेको स्थानियको भनाई छ । जिल्लाको एक मात्र दलित उपमेयर रहेकी सुनारले आफनो पद प्रप्ती भनेको नै त्रिवेणी नगर बासीको खुशी रहेको बताईन् ।

उनले आफु कहिले पनि जनताको भावना विपरति काम गर्न नसक्ने बताईन् । सुनारले आफनो श्रीमानले त्रिवेणी नगरपालीलाई समृद्ध नगरपालीका बनाउने जुन सपना लिएको थियो त्यो सपना पुरा गर्ने बाटोमा आफु हिंडिरहेको बताईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार