सरकारले हामीलाई नटेरेको हो : सांसद थापा

  मूलधारपोष्ट  202 पटक हेरिएको

काठमाडाैं-नेपाली कांग्रेसका यूवा नेता तथा सांसद गगन थापाले सांसदहरुले संसदमा उठाएको प्रश्नको जवाफ पाँच दिनमा पाउनु पर्ने बताएका छन ।

आइतबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद थापाले शुन्य र विशेष समयमा उठेको कुरा हराएर जाने भएकाले सदन संञ्चालनको नियममा यस पटक विशेष व्यवस्था गरिएको स्मरण गराए । उनले भने, संसदमा शुन्य र विशेष समयमा उठेका प्रश्नको जवाफ सम्बन्धीत मन्त्रीले सभामुख मार्फत पाँच दिन भित्र जवाफ सदनलाई जानकारी गराउनु पर्छ । तर हामीले कुनै जानकारी पाएका छैनौं ।

यो नियमको कार्यान्वय किन नभएको वा सरकारले हामीलाई नटेरेको हो भन्दै प्रश्न गरे । उनले उक्त नियमको कार्यान्वयन गर्न गराउन सभामुखको ध्यानाकर्षण गरेका छन । उनले आफूले बोलेको कुराको जवाफ पाँच दिन भित्र पाउनु पर्ने बताए । अन्यथा संसदमा बोल्नु र बाहिर बोल्नुमा केहि फरक नपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार