पर्यटकीय गन्तव्य बडिमालिका धार्मीक यात्रा सुरु (फोटो सहित)

  मूलधारपोष्ट  405 पटक हेरिएको

बाजुरा-सुदूरपश्चिमको धार्मीक तथा पर्यटकीय गन्तव्य बडिमालिका धार्मीक यात्रा सुभारम्भ भएको छ । साउन २९ गते जनैपूर्णिमाको अघिल्लो दिन लाग्ने मेलाका लागि धार्मीक यात्रा शनिबारबाट औपचारिक सुभारम्भ भएको हो । सरकारी टोलीे आज विहानदेखि जिल्लाबाट बडिमालिकाका लागि प्रस्तावन गर्ने प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले बताउनुभएको छ । बडिमालिका मन्दिरमा जनैपूर्णिमाको अघिल्लो दिन पूजा लाग्ने गरेको छ । समुद्रीसतह बाट ४ हजार २ सय १६ मिटर उचाईमा रहेको बडिमालिका पुग्न तीर्थालहरुले मार्तडीबाट तीन दिन लाग्ने गरेको छ । दुरीका हिसाबले दुई दिनमा पुगिने भएपनि धार्मीक मान्यता अनुसार तीन दिन लगाएर पुग्ने पुग्ने मान्यता छ ।

हरेक वर्षको र साउन वा भदौमा पर्ने बडिमालिका मेलामा झरी होस् कि बर्षा जस्ता भएपनि भक्तजनकहरुले त्यसको प्रवाह नै नगरी यात्रा गर्ने गर्दछन् । १४ हजार फीट उचाईमा रहेको बडिमालिकाको यात्रालाई धार्मीक रुपमा महत्वपुर्ण मानिन्छ । आस्था बोकेर गएकाहरुले यात्रा अवधीको थकाई भूल्ने गरेका छन् । बडिमालिकाको सुन्दरता र आस्थाले थकाई देखि अन्य सबै प्रकारका कष्टहरु बिर्सीने गरेको बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताउनुभयो । नगरपालिकाबाट पनि यो वर्ष बिशेष टोली जाने भएको छ । बडिमालिका मन्दिर क्षेत्र भने त्रिवेणी नगरपालिकामा पर्ने गरेको छ ।

बडिमालिका यात्राका लागि बाजुराबाट प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने नेतृत्वमा टोली आइतबार गएको छ । पूजा आजाको परम्परा अनुसार छिमेकी जिल्लाहरू अछाम, डोटी, जुम्ला र कालिकोटबाट सरकारी टोली पुजासहितका तीर्थयात्री यसअघि नै बडीमालिका प्रस्थान भईसकेका छन् । सरकारी टोली डोटीबाट १२ र जुम्लाबाट १० दिन पूर्व नै प्रस्तान गर्ने धार्मीक मान्यता छ । हिँडेरै नै पुग्ने पर्ने विश्वास रहेपनि प्रस्तान गरिएपनि हाल सवारी साधानको प्रयोग गरेर आउने गरेका छन् । अछामको वैद्यनाथबाट समेत त्यस क्षेत्रमा फलेको धानको बाला बडीमालिकामा चढाउने परम्परा अनुसार एक टोली १० दिनअघि प्रस्थान गरिसकेको छ ।

सोही मान्यता अनुसार जिल्लाभित्रका तीर्थयात्री त्यसतर्फ ३ दिन अघिदेखी हिड्न थालेका हुन् । उचित सुरक्षा व्यवस्था सहीत प्रहरी टोली पनि खटिने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताउनुभयो । जिल्ला अस्पतालबाट औषधी सहितको टोली पनि जाने तयारी गरिएको कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले जानकारी दिनुभएको छ । मागेको वरदान पूरा हुन्छ भन्ने विश्वासले बडीमालिकाको धार्मिक महिमा बढाएको भक्तजन बताउछन् । स्कन्दपुराणमा उल्लेख भएअनुसार मल्लागिरी पर्वतमा सतीदेवीको बाया अंग पतन भएको थियो । यसै स्थानमा मालिकादेवी उत्पन्न भएकाले बडीमालिका एक प्रमुख शक्तिपीठका रूपमा स्थापित भएको हो ।

मन्दिर क्षेत्रको प्राकृतिक सुन्दरताले बडीमालिकाको महत्व अझ बढाएको छ । त्यस क्षेत्रको अवलोकन गर्ने उद्देश्यले आन्तरिक तथा वाह्य पर्यटक यसैबेला बडीमालिका पुग्ने गर्छन् । २२ पाटन, त्रिवेणी र खेतीबेती बडीमालिकाका मुख्य आकर्षण हुन् । करिब १४ हजार फिट उचाइका समथर हरिया फाँट र ती फाँटमा फुलेका दर्जनौं प्रजातिका फूलको रमणीयताले बडीमालिका प्रकृतिको अनुपम उपहार अनुभव हुने वित्रेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले बताएका छन् ।

बाटोमा आबस्यक चर्पीको ब्यबस्थापनको जिम्मेवारी बडिमालिका नगरपालिकाले लिएको नगर प्रमुख पदम बडुवालको भनाई रहेको छ । हिड्ने बाटो देखी बडिमालिका मन्दिरसम्म ३० ओटा अस्थायी चर्पी निर्माणका लागि ३ दिन अगाडी नै प्राबिधिक सहित कामदाहरु पठाइसकेको छ । देश विदेश बाट पनि तिर्थालु पुग्ने गर्दछन । बडीमालिका माईको दर्शनका लागी विशेष गरी बाजुरा ,बझाङ्ग, अछाम, डोटी, कैलाली, डडेल्धुरा, बैतडी, जुम्ला, कालिकोट, हुम्लाबाट तिथार्लु पुग्ने गर्दछन् । काठमाडौं, भारतको गडवाल लगायतका ठाउँबाट पनि दर्शनार्थी आउने गरेको मेला व्यवस्थापन समितिले जनाएको छ । बडीमालिका माइको पूजा गर्दा र बर माग्दा चाहेको कुरा पुरा हुने विश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार