बाटोमा ढलेका बृद्धलाइ यी युवतीले यसरी बचाइन् (भिडियो सहित)

  मूलधारपोष्ट  779 पटक हेरिएको

बाटोमा ढलेका बर्द्ध बुबालाई बचाउन एउटा २३/२४ बर्ष को युवतीले यतिसम्मको मिहिनेत गरिन की अन्तमा सफल समेत भइन्। बृद्ध बुवाको ज्यान बचाउन उनि कृतिम श्वाश दिईरहेको बेला त्याहा भेला भएको भिडको जमात चाहीँ दर्शक मात्र भएर हेरिरहे भनि कति चाहि भिडियो खिच्नमा नै ब्यस्त रहे तर ति युवती चाहीँ बचाउनको लागि निकै प्रयास गरिराखेकी थिइन् र अन्तमा बृद्द बाजेलाई बचाउन सफल भईन। कहीँ कतै एस्तै घट्ना हामि आफैलाई पनि पर्न सक्छ हामी पनि यो सिकौ र अरुलाई पनि सिकाउन यो भिडियो धेरै भन्दा धेरै सेयर गर्नुहोस् । भिडियो हेर्नुहोस् ।

जीविकोपार्जनका लागि भन्दै नेपाल रेडक्रस सोसाइटीले वितरण गरेको वोयर बोका काटेर गाउँलेले मासु खाएका छन् ।सिरानचोक गाउँपालिका–३ हर्मीका प्रकाश अधिकारीलाई दिइएको वोयर बोका वुधवार वडाध्यक्षसहित स्थानीयले मिलेर काटेका हुन् ।यो खबर अनलाइन् खबरमा प्रकाशित छ ।

जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाले गत मंसिर ११ गते साविकको हर्मी गाविसका प्रत्येक वडामा एक÷एक वटा वोयर बोका वितरण गरेको थियो । तर अधिकारीले पाएको बोका इलाका प्रहरी कार्यालय हर्मीकै परिसरमा काटेर स्थानीयले मासु भाग लगाएका हुन् ।

‘प्रकाशले गाउँको समूह–फाइनान्स सबैबाट ऋण लिएको रहेछ,’ वडाध्यक्ष वीरबहादुर थापाले भने, ‘घरमा बुढी आमालाई छाडेर ऋण तिर्न नसकेर भागेछ, अनि गाउँलेले घरमा पालेको सबै गाईवस्तु लिलामी गरे र त्यही बोका पनि लगेर काटेका हुन् ।’उक्त बोका काट्दा १४ हजार रुपैयाँ उठेको उनले बताए । संकलित रकमको केही अंश अधिकारीको आमालाई दिने उनले बताए । सबैसँग सल्लाह गरेर बोका काटेर मासु बेचेको उनले जानकारी गराए ।

‘अध्यक्षले भनेर हामीले हाम्रो कम्पाउण्डमा काट्न दिएका हौ,’ इलाका प्रहरी कार्यालय हर्मीका इन्चार्ज केशबहादुर पौडेलले भने, ‘भाग लगाएर घरघरमै लैजानुभयो ।’जीविकोपार्जनका लागि दिएको बोका काटेर मासु खाएपछि रेडक्रसले आपत्ति जनाएको छ । ‘अरु जातको बोका भन्दा यो जात चाँडै बढ्छ, मासु धेरै लाग्छ भनेर गुल्मी र अर्घाखाँचीबाट ल्याएर वितरण गरेको काटेर खाएछन्, अब के भन्ने,’ रेडक्रस गोरखा शाखा सभापति भगवानबाबु मास्केले भने ।

उक्त बोकाको ३० हजार रकम बराबरको बिमासमेत गरिएको उनले बताए । ‘आर्थिक अवस्था सुधार होला भनेर बाँडेको बोका वडाध्यक्ष आफै मिलेर काटेर खानुभएछ,’ उनले दुखेसो गरे ।यो खबर अनलाइन् खबरमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार