ए अक्षरबाट नाम आउने व्यक्तिको यस्तो हुन्छ स्वभाव

  एजेन्सी  434 पटक हेरिएको

‘ए’ अक्षरबाट नाम सुरु भएका मानिसहरु जन्मदेखि नै गुणले भरिएका हुन्छन् । जबसम्म आफ्नो उदेश्य प्राप्द गर्दैनन् उनीहरु हार मानदैनन् । रोमान्सका मामिलामा भने उनीहरु पछि रहन्छन् । यस्तो होइन कि उनीहरु प्रेममा पर्दैनन् तर उनीहरलाई यस्ता कुरा व्यक्त गर्न कठिन ठान्छन् । यिनीहरु खुल्ला विचारका हुन्छन् । सत्य कुरा यिनीहरुलाई बताउन सके सजिलै मान्न तयार हुन्छन् ।

उनीहरु प्रतिभावान् भएकै कारण समाजमा एउटा विशिष्टता प्राप्त गर्छन् । उनीहरुलाई घरपरिवारबाट पनि मानसम्मान मिल्नेगर्छ ।ए अक्षरबाट नाम सुरु भएका मानिसहरु ज्यादा भावुक हुने गर्छन् । उनीहरु छिटो आवेशमा पनि आउने गर्छन् । ए अक्षरबाट नाम सुरु भएका मानिसहरु आफ्नो घरपरिवार सदैव समाजमा एक प्रशंसनीय रुपमा बसेको हेर्न चाहन्छन् । यसकारण घरपरिवारहरुलाई यिनीहरु ज्यादा सुझाव दिने काम गर्छन् ।

जब आफुले भनेको कुरा मान्दैनन् तब उनीहरुलाई नराम्रो लाग्ने गर्छ र भावुक हुन थाल्छन् भने छिटो निराश पनि हुन्छन् । ए अक्षरबाट नाम सुरु भएका मानिसहरु धेरै मेहनत हुने तथा धैर्यवान पनि हुन्छन् । यिनीहरुको पर्सोनालिटी पनि आकर्षक हुने गर्छ । यिनीहरुलाई त्यसकारण पनि आकर्षक बस्तुहरु ज्यादा मनपर्छ । ए अक्षरबाट नाम सुरु भएका व्यक्तिहरु भिडमा रहन रुचाउँदैनन् । भिडदेखि पर रहन चाहन्छन् र शान्त रहन चाहन्छन् । पढाइप्रति उनीहरु सदैव गम्भिर हुने गर्छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार