हेलो युवा कार्यक्रम सुरु हुदै

  मूलधारपोष्ट  357 पटक हेरिएको

जय बहादुर रावत-जिल्लाको सदरमुकाममा रहेको बडिमालिका नगरपालिका ,सेभ द चिल्डेन र पीसविन बाजुरा अन्तर्गत युवा सशक्तिकरण बुलगारी परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा र बडिमालिका नगरस्तरिय युवा संजाल द्धारा सञ्चालित बडिमालिका युवा सुचना केन्द्रमा हेलो युवा कार्यक्रम सुरु हने भएको छ । बडिमालिका नगरपालिकामा स्थापित बडिमालिका युवा सुचना केन्द्र २०७४ साल मंसिर २७ गते सेभ द चिल्डेन र पीसविन बाजुराको आर्थिक तथा प्राविधिक सहयोगमा सुचना केन्द्रको स्थापना भएको थियो ।

यस बडिमालिका नगरपालिका भित्रका तथा बाजुरा जिल्ला भरका युवा तथा बालबालिकाको सिप तथा क्षमता बृद्धि गर्न तथा आधुनिक युवा अनुसारको युवा शक्ति निर्माण गर्नको लागि जिल्ला कै नमुनाको रुपामा युवा सुचना केन्द्र स्थापना भएको हो । हाल सम्म यस बडिमालिका युवा सुचना केन्द्रले बडिमालिका नगरपालिका भित्रका तथा जिल्ला भरका युवाहरुलाई सस्तो तथा सबल रुपमा सुचना तथा अन्य सेवा निरन्तर दिदै आएको सुचना केन्द्र व्यवस्थापक तथा प्रशिक्षक जय बहादुर रावतले बताउनुु भएको छ ।

साथै यस युवा सुचना केन्द्रलाई थप युवा लक्षित तथा प्रभावकारी सुचना सम्प्रेषणका लागि सेभ द चिल्डेन र पीसवीन बाजुराको सहयोगमा हेलो युवा कार्यक्रम अन्तरगत युवा तथा बालबालिकाको समस्या तथा आवश्यकतालाइ मध्य नजर गदै टोल फ्रि नम्बार संचालनमा ल्याउने भएको हो । यसबाट फोन गर्दा पैसा नलाग्ने र युवा तथा बालबालिकाका गुनासा फोन मार्पmत टिपाउन सकिने भएको छ । विषेश गरि युवाका लागि आधुनि तथा प्राविधीको विकास गराउन यो हेलो युवा कार्यक्रम संचालनमा ल्याएको पीसविन बाजुराका धर्म रोकायाले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार