पार्टी एकता प्रक्रिया बारे यसो भन्नु हुन्छ प्रचण्ड,

  मूलधार सम्वादाता  580 पटक हेरिएको

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिने तयारी भइरहेको बताउनुभएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा वाम गठबन्धनबाट प्रतिनिधि र प्रदेशसभामा निर्वा्चित जनप्रतिनिधिहरुको बधाई ज्ञापन तथा चियापान समारोहमा प्रचण्डले पूर्वसहमतिअनुरुप एमाले र माओवादी केन्द्रको एकतालाई अन्तिम रुप दिनुको विकल्प नभएको बताउनुभएको हो । निर्वाचन अगाडि एकता गर्न नभ्याइएकोले वाम गठबन्धन निर्माण गरेको र अब पार्टी एकताको प्रक्रिया शुरु गर्ने बताउनुभयो ।

वाम गठबन्धन देशका अधिकांश निर्वाचन क्षेत्रमा जिताउन सहयोग गर्ने दुवै पार्टीका नेता, कार्यकर्ता र मतदातालाई धन्यवाद दिँदै प्रचण्डले आगामी दिनमा पनि सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

वाम गठबन्धन दुई तिहाईको नजिक पुग्नुमा एमाले र माओवादीको ‘फ्युजन’भन्दै अध्यक्ष प्रचण्डले एक अर्काको सहयोगबिना सम्भव नहुने उल्लेख गर्नुभयो । निर्वाचन परिणामले देशमा स्थायित्व, विकास र समृद्धिका लागि बढी जिम्मेवार हुनुपर्ने बोध गराएको भन्दै दाहालले यसलाई नयाँ ऐतिहासिक युगको सुरुआत र अवसरको रुपमा टिप्पणी गर्नुभयो ।

‘हामीले नयाँ प्रक्रिया थालनी गरेका छौं । समृद्धिको नयाँ युग र समाजवादको आधार तयार पार्ने अवसर प्राप्त गरेका छौं’ प्रचण्डले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार