सुविसुमा भएको आगलागी नियन्त्रणमा, पेट्रोल राखेको ठाउँबाट सल्केको थियो

 227 पटक हेरिएको

काठमाडौं, २२ साउन । बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको कार्यालयमा बुधबार दिउँसो भएको आगलागी नियन्त्रणमा लिइएको छ ।

मुख्य सर्भर रहेको भवनमा बुधबार दिउँसो पौने १ बजे आगलागी भएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार जेनेरेटर सञ्चालनमा लागि आवश्यक पेट्रोल भण्डारण गरेको कोठाबाट आगो सल्केको थियो ।

आगो निभाउन नेपाल प्रहरी, नेपाली सेनालगायतको दमकल प्रयोग गरिएको थियो । त्रिभुवन विमानस्थलबाट दमकल बोलाएर आगो नियन्त्रणमा लिइयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार